भर्खरै :

अन्तरवडा व्याडमिन्टन सम्पन्न

भक्तपुर, २ फागुन । भक्तपुर नपा वडा नं. १ द्वारा आयोजित अन्तरवडा खेलकुद समिति पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरस्कार वितरण शनिबार सम्पन्न भयो । भक्तपुर नपा वडा नं. १ द्वारा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभ्य समाज निर्माणको लागि खेलकुदको आवश्यकता औ“ल्याउनुभयो ।
अनुशासनले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउ“दै उहा“ले अनुशासित, स्वस्थ, सभ्य र सक्षम नागरिक तयार गर्ने भनपाको उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय र मौलिक खेललाई प्राथमिकतामा राखेको बताउ“दै उहा“ले खेलकुद प्रशिक्षण र प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिताहरू आयोजना गरिरहेको बताउनुभयो । भक्तपुर नगरका दशवटै वडामा वडा खेलकुद समिति गठन गरी विभिन्न खेलकुद गतिविधिहरूलाई वडा तहमा व्यापक बनाइरहेको उहा“ले बताउनुभयो ।
शनिबारको खेलमा भक्तपुर नपा ५ वडा खेलुकद समितिका जीवन कवां र राजेश खाइतू प्रथम, ४ वडा खेलकुद समितिका रविन घेमोसु र श्यामसुन्दर ख्याजू द्वितीय, ३ वडा खेलकुद समितिका लक्ष्मीनारायण सुवाल, आनन्द हाडा र २ वडा खेलकुद समितिका रविन लघु र राजु बासुकलाले तृतीय स्थान हासिल गर्नुभएको थियो । विजयी खेलाडीहरूलाई प्रमुख अतिथि सुनिल प्रजापतिले मेडल, ट्रफी र प्रशंसापत्र वितरण गर्नुभएको थियो । उहा“ले खेलका एम्पायर र रेफ्रिलाई पनि प्रशंसापत्र दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले संयोजकहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *