ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ४ चैत । हरेक चाड या पर्वको आ–आफ्नो महत्व हुन्छ । ती पर्वहरू धार्मिक हिसाबले मात्र होइन सांस्कृतिक, ऐतिहासिक, सामाजिकरूपले महत्वपूर्ण हुन्छ । जनजीवन, चालचलन, परम्परा संस्कार, धर्म, भाषा आदिसित सम्बन्धित पर्वलाई जीवन्तता दिनुपर्छ, संस्कृति मनाउनुपर्छ । यस्ता चाड पर्व विज्ञानसम्मत ढङ्गले मनाउनुपर्ने आवाज पनि उठेको छ । अन्धविश्वासमा मलजल हाल्ने ढङ्गको चाड पर्वलाई सुधार गर्नुपर्ने कुरा पनि उठेको छ । तर, सुधारको नाउँमा विकृति फैलाउने होइन, विकृतिलाई बढावा दिने होइन । अहिले फागुपूर्णिमा नजिकिंदै छ । हर्षाेल्लासका साथ उत्सवको रुपमा मनाउनुपर्ने पर्व फागुलाई संस्कारविपरीत मनाउँदा यसले गलत सन्देश छोड्छ र नयाँ पुस्ताले विकृतिलाई संस्कृति नै भन्ठानेर मनाउँछ ।
काठमाडौँ उपत्यकामा मनाइने होली पर्व अबिरको पर्व हो । हर्षाेल्लासका साथ गीत गाउँदै आफू–आफू खेल्ने होलिमा आजभोलि अबिर छर्केर होइन लोलाले हानेर खेल्न थालेको पाइन्छ । फोहर पानीले छ्याप्ने, कसैको इच्छाविपरीत जबरजस्ती अबिर दल्ने काम भइरहेको पाइन्छ । होलिको दिनमा साथीभाइबीच खेल्नुपर्ने सो पर्वमा जबरजस्ती अबिर दल्दा र लोलाले हान्न थाल्दा काम विशेषले कतै जान नपाउने, जाँदा पोशाक भिज्ने र रङ्ग या अबिर पोशाकमा लाएर जान अप्ठेरो भएका घटना बग्रेल्ती छन् । कति महिला तथा अन्य व्यक्तिहरू बाहिर जान नै डराउँछन् । विशेषगरी लोला हान्ने काममा विद्यालयस्तरका विद्यार्थीहरू अगाडि छन् । विद्यालय र कलेजका छात्रा विद्यार्थीलाई केन्द्रित गरेर लोला हान्छन् । यो विकृति हो ।
विगतमा लोला हानेकै कारण बेहोस भएका र आँखा गुमेका घटना नभएका होइनन् । विशेषतः होलि होलिका दिन अबिर छर्केर खेल्ने खेल हो । यो अबिरको पर्व हो । यो पर्व वसन्त ऋतुको पूर्वसन्ध्या या आगमनसँगै थालनी हुन्छ । जबरजस्ती जो कसैलाई अबिर दल्नुहुँदैन । लोला हान्ने, रङ्कले भरेको पानी छ्याप्ने र जबरजस्ती या कसैको इच्छाबिना अबिर छर्कनु हुँदैन । कार्यालय, उद्योग, व्यवसाय, खेतीपाती, कलकारखानामा आउन जान अप्ठेरो हुने गरी पर्व मनाउनु उचित होइन । यसबारे विद्यालयमा शिक्षक, टोलटोलमा समाजसेवी, प्रबुद्ध वर्गले आ–आफ्नो स्थानमा सचेतना जगाउनुपर्छ र आ–आफ्नो स्थानमा पर्वको महत्वबारे बुझाउनुपर्छ ।
Leave a Reply