भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न, उत्कृष्ट पाँच टोली सम्मानित
- जेष्ठ १६, २०८३
भक्तपुर, ४ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार अन्तरनगर कराँते प्रतियोगिताको सिंहावलोकन तथा विभिन्न वडा र कलेजहरूलाई व्यायाम सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवाहरूलाई अनुशासनमा राख्न र समाजप्रति जिम्मेवार बनाउने उद्देश्यअनुरुप नगरपालिकाले प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले समाजको सेवा गर्ने उद्देश्य बोकी नयाँ पुस्ता र पुरानो पुस्ताबीच समन्वय गर्ने उपयुक्त ठाउँको रूपमा व्यायामस्थलहरूले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
उहाँले सबै क्षेत्रका विज्ञहरूले समाजलाई अगाडि बढाउन आ–आफ्नो क्षेत्रमा योगदान पु¥याउनुपर्ने उल्लेख गर्दै भक्तपुर नगरलाई सन्तुलित विकास गर्न जोड दिइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जीवन्त नगर भक्तपुरलाई खेलकुद क्षेत्रमा पनि प्रतिष्ठित बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै खेलकुद प्रतियोगिता जीत–हारभन्दा नयाँ पुस्ताका खेलाडीहरू तयार गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले १० वटै वडामा खेलकुद समिति गठन गरी खेलकुद गतिविधिलाई वडा तहबाटै अघि बढाइरहेको र खेलकुद सकारात्मक जीवन पद्धतिको लागि आवश्यक भएको बताउनुभयो ।
अन्तरनगर कराँते प्रतियोगिताको सिंहावलोकन कार्यक्रममा राष्ट्रिय रेफ्री राजेन्द्र कपाली, भक्तपुर कराँते सङ्घका अध्यक्ष प्रकाशमोहन धौभडेल, भलिबल खेलका प्रशिक्षक विनोदचरण राय, रामशरण त्वातीलगायतले फागुन ५ देखि ७ गतेसम्म सञ्चालित अन्तरनगर कराँते प्रतियोगितामा भएका सकारात्मक पक्ष र कमी–कमजोरीबारे आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं. २, ३, ४, ५, ८, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेजलाई पनि व्यायाम सामग्री वितरण गर्नुभएको थियो ।
Leave a Reply