विकासशील देशहरु जलवायु परिवर्तनका कारण उत्पन्न विपद्का सिकार
- भाद्र २३, २०८३
(सोमबार कञ्चनपुर हत्याकाण्डको विरोधमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरु नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले लैंचोरस्थित भारतीय दुतावास घेराउमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा बुझाइएको विरोध पत्रको पूर्ण पाठ)
मितिः २०७३ फागुन ३० गते
महामहिम श्री नरेन्द्र मोदीज्यू,
प्रधानमन्त्री, गणतन्त्र भारत
प्रधानमन्त्री कार्यालय,
नयाँ दिल्ली भारत ।
मार्फत्,
नेपालका भारतीय राजदूतावास,
लैंनचौर काठमाण्डौ ।
विषयः विरोध पत्र
प्रधानमन्त्रीज्यू,
भारतीय सीमा सुरक्षाबल(एसएसबी)ले यही फागुन २६ गते तद्नुसार ९ मार्च सन् २०१७ का दिन नेपाली भूमिको ५०० मिटरभित्र प्रवेश गरी नेपालको कञ्चनपुर जिल्लाको आनन्दबजारमा एक महिना अघिदेखि कलभर्ट निर्माणमा लागेका नेपालीमाथि गोली हानी स्थानीय बासिन्दाहरु गोविन्द गौतमको हत्या गरेको र सुरेश थापालाई गम्भीर घाइते तथा अन्य पाँचजना नेपालीलाई पनि घाइते बनाएकोमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरु नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघद्वारा आयोजित आजको यो प्रदर्शनी र सभामा सहभागी हामी सम्पूर्ण न्यायप्रेमी नेपाली जनता नेपालमाथि भारतीय हस्तक्षेपको विरोध, निन्दा एवं भत्र्सना गर्दछौं । नेपालको भूमिभित्र प्रवेश गरी नेपाली नागरिकमाथि भारतीय एसएसबीले गोली प्रहार र दमन गरेको अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनविपरीत छ । यो घटना नेपालको सार्वभौमिकतामाथि भारतीय विस्तारवादको हस्तक्षेप हो भने अन्ततः नेपाल कब्जा गर्ने भारतीय शासकवर्गको कुनियतको निरन्तरता हो । यसअघि पनि भारतीय सीमा सुरक्षाबलले हतियारसहित कञ्चनपुरको आनान्दबजारमा पटक–पटक प्रवेश गरी नेपाली जनतालाई आतंकित पार्ने र नेपाल–भारत सीमास्तम्भ उखेलेर दशगजावारीकै नेपाली भूभाग अतिक्रमण गर्ने काम गर्दै आएको हो ।
नेपालीर भारतीय जनताबीचको सम्बन्ध इतिहासजतिकै पुरानो छ । तर भारतीय शासकवर्गमा बेलायती साम्राज्यवादकै विरासत बाँकी हुँदा नेपाली जनताले अपेक्षा गरेअनुरुपकोे मैत्रीपूर्ण व्यवहार भारतीय शासकवर्गबाट भएन । आनान्दबजारमा दिनदहादै भारतीय एसएसबीबाट भएको गोली प्रहार र नेपालीको हत्यालाई काठमाडौंस्थित भारतीय राजदूतावासले अस्वीकार ग¥यो ।
मंसिर ९, २०७२ को विहान हतियारसहित भारतीय सीमा सुरक्षा बल नेपालको सुनसरी जिल्लाको हरिपुर गाविस प्रवेश गरी अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवलाई घाइते पारेको थियो । त्यसबेला पनि काठमाडौंंस्थित भारतीय राजदूतावासले अस्वीकार ग¥यो । त्यसबेला नेपालले संविधान घोषणा गरेकोमा असन्तुष्ट भई भारत सरकारले नेपालविरुद्ध नाकाबन्दी लगाएको थियो ।
मंसिर १३, २०७२ का दिन पनि नेपालको झापाको केचना गाविसमा भारतीय एसएसबी हतियारसहित प्रवेश गरेको थियो । भारतीय एसएसबी हतियारसहित पटक–पटक नेपाल प्रवेश भइरहेको छ ।यी कुनै पनि घटनाको भारत सरकारले छानबिन गरी दोषीलाई कार्वाही गरेको नेपाललाई जानकारी छैन । प्रधानमन्त्रीज्युका सुरक्षा सल्लाहकार अजित डोवलले नेपालका प्रधानमन्त्री र विदेशमन्त्री सुष्मा स्वराजले नेपालका गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरी आनान्दबजारको घटनाबारे दुःख व्यक्त गरे तर नेपालीको हत्याको जिम्मेवारी माफी माग्ने, पीडितलाई क्षतिपूर्ति दिने र अबउप्रान्त यस्तो आततायी घटना नदोहो¥याउने प्रतिबद्धता गरेका छैनन् ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघका सम्पूर्ण कार्यकर्ताहरु नेपालीभूमिमा पसेर गोली चलाउने र आदेश दिने एसएसबीलाई तत्काल कारबाही गर्न, नेपालको सार्वभौमिकताको सम्मान गरी आनान्दबजारको घटनाको माफी माग्न र पीडितलाई क्षतिपूति दिन भारत सरकारको ध्यानाकर्षण गराउँदछौं । कञ्चनपुर घटनामा पीडितहरुलाई भारत सरकारबाट नै क्षतिपूर्ति दिन हामी माग गर्दछौं । नेपाल–भारत दुवै देशको हितको लागि खुला सीमानामा पर्खाल लगाउने वातावरण वा अन्य उपयुक्त उपाय अवलम्बन गरी सीमा नियमित गर्न, नेपालको भूमि डुवानमा पर्ने गरी भारतले बनाएको बाँध र तटबन्धहरु हटाउन र दुई देशबीचका ५९९४ सीमा स्तम्भमध्ये हराएका ११ सयभन्दा बढी सीमास्तम्भहरु यथास्थानमा कायम गरी नेपालको ६० हजार हेक्टरभन्दा बढी भारत अतिक्रमित भूभाग फिर्ता गर्न प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छौं ।
प्रकाश थुसा, अध्यक्ष नेपाल क्रान्तिकारी युवा संघ
नीरज लवजू,अध्यक्ष नेपाल क्रान्तिकारी विद्यार्थी संघ
Leave a Reply