वामपन्थीहरूको आन्दोलन भदौ २४ अझै स्मरणीय
- भाद्र २३, २०८३
काठमाण्डौ, ३० फागुन । गत फागुन २६ गते कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल नेपाल प्रवेश गरी गोली प्रहार गरी नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको विरोधमा नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले सोमबार राजधानीमा विरोध जुलुस तथा भारतीय राजदुतावास घेराऊ गरेका छन् । कञ्चनपुर घटनाको विषयलाई लिएर भारतीय राजदुतावासले भारतीय सेनाले गोली नै नचलाएको झुठो विज्ञप्ति जारी गरेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए । रत्नपार्कको शान्तिवाटिकाबाट सुरु भएको विरोध जुलुस लैनचौरस्थित भारतीय राजदुतावास अगाडी पुगेर सभामा परिणत भएको थियो । दुतावास अगाडी प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही घम्साघम्सी चलेको थियो । निषेधित क्षेत्र र सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले जुलुसलाई अगाडी बढ्न नदिएपछि आयोजक समितिको एक प्रतिनिधिमण्डलले भारतीय राजदुतावासमा पुगी आफ्नो विरोध पत्र बुझाएको थियो ।








Leave a Reply