भर्खरै :

शनिबार पावर लिफ्टिङ्ग प्रतियोगिता

भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिका ९ वडा खेलकुद समितिको आयोजनामा शनिबार भक्तपुर जिल्लाव्यापी पावर लिफ्टिङ्ग प्रतियोगिता दत्तात्रय चोकमा दिनको १ः०० बजे हुने भएको छ । प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्नुहुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ६२ वर्षसम्म र ६२ वर्षभन्दा बढी उमेर गरी दुई समूहमा स्पर्धा हुनेछ । महिलातर्फ भने खुला प्रतिस्पर्धा हुनेछ ।
पावर लिफ्टिङ्गअन्तर्गत स्वायट, डेड लिफ्ट र बेन्च प्रेसमा प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ ।
कार्यक्रममा शारीरिक सुगठनका विश्व च्याम्पियन महेश्वर महर्जन र चेस खेलका अन्तर्राष्ट्रिय आर्बिटर निरञ्जन प्रजापतिलाई सम्मान गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *