भर्खरै :

आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७५ को परीक्षा केन्द्रहरू– एभरेष्ट इङ्गलिश सेकेन्डरी स्कूल, बासु मावि र वागीश्वरी माविमा स्थलगत निरीक्षण गर्नुभयो ।
बिहीबारबाट सुरू कक्षा ८ को परीक्षामा भक्तपुर नगरपालिका भित्रका ६७ वटा विद्यालयका २ हजार ४ सय ६९ जना विद्यार्थीहरू सामेल छन् । बिहीबार सम्पन्न अङ्ग्रेजी विषयको परीक्षामा कूल २ हजार ४ सय ९२ जनामध्ये २३ जना विद्यार्थी परीक्षामा अनुुपस्थित रहेको नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले जानकारी दिनुभयो ।
नगरस्तरीय आधारभूत शिक्षा कक्षा ८ को परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र पद्म मावि, एभरेष्ट इङ्गलिश सेकेन्डरी स्कूल, बासु मावि, जेन्युइन सेकेन्डरी स्कूल, बागीश्वरी मावि, वाइजल्याण्ड सेकेन्डरी स्कूल र आदर्श आजाद मावि गरी ७ वटा विद्यालयमा रहेको र नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाको पहिलो दिन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको जानकारी नगर शिक्षा समितिले जनाएको छ । गत वर्षदेखि आधारभूत तहको परीक्षा नगरपालिकाले सञ्चालन गर्दै आएको छ । परीक्षाको उत्तरपुस्तिकाहरू कोडिङ प्रणालीमार्फत् परीक्षण गरिने नगर शिक्षा समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *