नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काभ्रेपलाञ्चोक, ९ चैत । मण्डनदेउपुर नगरपालिका वडा नं २ दुवागाउँमा शनिबार पानीको विषयमा विवाद हुँदा स्थानीय ५५ वर्षकी रूपसानी तामाङ कुटिएकी छिन् । पहिलेदेखि नै आफूले भोगचलन गर्दै आएको पानी दुवागाउँबाट मेसागाउँ र ढकालगाउँमा जबरजस्ती लान खोज्दा स्थानीयले लान नदिएपछि तारानाथ ढकालको नेतृत्वमा आएको टोलीले रूपसानी तामाङलाई कुटपिट गरी घाइते बनाएको स्थानीयले बताएका छन् ।
तामाङमाथि पाइप गाड्न भनी ल्याएको कोदालोको बिँडले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । उनको छातीमा गम्भीर चोट लागेको बताइएको छ ।
आफ्नै निजी जग्गाको पानी जबरजस्ती लान खोज्दा रूपसानीलगायत स्थानीयले विरोध गरेका थिए । तर, मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाकै निर्देशनमा आएको टोलीले हातपात गरी दुवागाउँका जनताले पिउन र अन्य प्रयोजनमा प्रयोग गर्दै आएको पानी अन्यत्र लान खोजेको स्थानीयको भनाइ छ ।
“मेयरकै निर्देशनमा यो काम भएको छ । उनकै कार्यकर्ता लागेर कुटपिटमा उत्रेका हुन् ।”, एक स्थानीयले भने ।
Leave a Reply