भर्खरै :

एकीकृत जाँच चौकीमा आगलागी

पर्सा, १० चैत (रासस)ः वीरगञ्जको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एकीकृत जाँच चौकी (आइसिपी)मा आज आगजानी भएको छ । घाँस काट्न गएका व्यक्तिले फालेको चुरोटको ठूटोबाट आइसिपीको पूर्वतर्फको चौरमा आगलागी भएको हो ।
आगलागीबाट चौरमा रहेका सयौँ रुख जलेर नष्ट भएका छन् । आगलागीबाट आइसिपीमा खासै नोक्सानी नभएको एकीकृत जाँच चौकी रक्सौलका प्रमुख सन्तोष कुमारले जानकारी दिनुभयो । उहाँले चौरमा लागेको आगो रक्सौलबाट आएको बारुणयन्त्रको मद्दतले निभाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *