भर्खरै :

मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, १० चैत (रासस)ः मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइ आज दायर गरेको रिट निवेदनमा अन्सारीलाई सो आयोगको अध्यक्ष पदमा काम नगर्न नगराउन आदेशको माग गर्नुभएको छ । संवैधानिक परिषद्को बैठकले गत फागुन ६ गते अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिमा अन्सारीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा सुनुवाई समितिमा उजुरी परेका थियो ।
रिट निवदेनमा अन्सारीलाई सो आयोगको अध्यक्ष बनाउनु संविधान र कानून विपरीत भएको उल्लेख छ । अन्सारीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथसमेत लिइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *