भर्खरै :

बुद्धिजीवीहरू दुई प्रकारकाः स्वार्थी र निःस्वार्थी

चम्पा
इतिहास बङ्ग्याउनु भनेको जनताविरूद्धको अपराध हो । सत्य एवम् यथार्थलाई झुठको पर्दाले छोप्नु अक्षम्य हुन्छ । इतिहासलाई आपूm अनुकूल हेरफेर गर्ने छूट कसैलाई पनि हुन्न, चाहे जतिसुकै ठूलो इतिहासका ज्ञाता नै किन नहोस् ।
चिनियाँ क्रान्तिको गौरवशाली इतिहास र चिनियाँ क्रान्तिका महान् नेता माओ त्सेतुङबारे भ्रम छर्ने लेख दैनिक पत्रिका ‘नयाँ पत्रिका’ ले गत मङ्गलबार छाप्यो । डा. नारायण खड्काद्वारा लिखित ‘माओ र बुद्धिजीवीको सम्बन्ध’ शीर्षकको उक्त लेखमा उनको गलत दृष्टिकोण तथा बद्नियत छताछुल्ल भएको छ ।
लेख पढिसकेपछि पाठकका मनमा स्वाभाविक रूपले केही प्रश्न उठ्छन् । डा. खड्काले के चीनको देशभक्तिपूर्ण आन्दोलन, उपनिवेशवादविरोधी आन्दोलन, समाजवादी आन्दोलनबारे नपढेका या नसुनेका होलान् ? सर्वहारा वर्गका महान गुरू माओ त्सेतुङको बाल्यकाल, अध्ययन, सङ्घर्षका कथाहरू, व्यक्तित्व, नेतृत्व कौशलबारे अध्ययन नगरेका होलान् ? राजनीतिक इतिहासका ज्ञाता बताउने उनलाई चिनियाँ क्रान्ति सफल हुनु पछाडिको कारण नेतृत्व र विचार हो भन्ने अवगत नभएको होला ? या सत्य थाहा पाएर त्यसको स्वाभाविक प्रवाहलाई रोक्न यसो गरिएको हो ? पूर्वाग्रह र आग्रहवस् समाजवादी क्रान्तिको उज्याला पक्ष या वास्तविकताबाट नेपाली समाजलाई अझै टाढा राख्न त यसो गरिएको होइन ?
आजको चीन निर्माणका लागि धेरै देशभक्त चिनियाँहरूले रगत बगाएको इतिहास छ । आजको चीनको निम्ति बलियो र मजबुत जग हाल्ने कार्य सजिलो थिएन । चिनियाँ क्रान्तिको जगमा उभिएको आजको चीनको प्रगतिबाट आश्चर्य बनेका खड्काजीलाई ज्ञात हुनुपर्दछ कि आजको चीनले माओलाई बिर्सेको छैन । सुन्दर र सम्पन्न चीनको बीऊ रोप्ने अध्यक्ष माओ नै हुनुहुन्छ भनी नयाँ पुस्ताले उहाँलाई आज पनि अगाढ आस्था एवं श्रद्धापूर्वक सम्झन्छन् । मन–मनमा अध्यक्ष माओको विचार लिएर अघि बढ्दैछन् । चीनले मूलमन्त्र नै बनाएको छ– “जनताको सेवा गर” । किसान, मजदुर, प्राध्यापक, इन्जिनियर, डाक्टर या बुद्धिजीवी जे भएपनि जनताको सेवा प्रधानकर्तव्य बनाउनुपर्ने माओको विचारले सिञ्चित छ आजको चीन पनि । यो वास्तविकताबारे डाक्टर साहेब बेखबर नहुनुपर्ने हो ।
अध्यक्ष माओ आप्mनो समयका सबैभन्दा प्रभावशाली नेता हुनुहुन्थ्यो । चिनियाँ कलासाहित्यमा दख्खल राख्ने माओले इतिहासको अध्ययन, विश्वक्रान्तिको अध्ययन बाल्यावस्थामै थाल्नुभएको थियो । युद्धकौशलमा दक्ष माओ उत्कृष्ट रणविद् पनि हुनुहुन्थ्यो । शत्रुलाई कुन बिन्दुमा पु¥याएर खत्तम गर्ने भन्ने ठिक–ठिक बताउन सक्ने र परिस्थितिको ठोस विश्लेषण गर्ने अद्भूत क्षमता राख्ने अध्यक्ष माओको रणकौशलबारे विश्वजगत अवगत छ भने डा. खड्कामात्र कसरी अनभिज्ञ रहे, अचम्मको विषय हो । अमेरिकी, बेलायती, फ्रान्सेली, जापानी, जर्मन फौज एक भएर लड्दासमेत हराउन नसकिएका नेता हुनुहुन्थ्यो माओ । पार्टी अनुशासनमा कडा तर देश र जनताभन्दा माथि कुनैपनि स्वार्थ नराख्ने नेता माओबारे दुष्प्रचार गर्न हिजोका दिनमा पनि थुप्रै लेखहरू छापिन्थे आजपनि छापिइँदैछ । यसरी गौरवपूर्ण इतिहास र इतिहासका नायकहरूमाथि हिलो छ्याप्ने दुष्प्रयास गर्नु निश्चय पनि भलाद्मीपन ठहर्दैन ।
लेखमा साम्यवाद अधिनायकवादी हुन्छ र त्यहाँ बुद्धिजीवीहरू दण्डित हुन्छन् भनी लेखिएको छ । सिद्धान्ततः हरेक राज्यसत्ता अधिनायवादी हुने गर्दछ । राज्यसत्ताको बन्दूक पूmलदानको गुलाब होइन । एउटा वर्ग सत्तामा आएपछि अर्को वर्गलाई दबाउनु स्वाभाविक हो । एङ्गेल्सले भन्नुभएको छ ‘हरेक क्रान्तिपछि दमन अनिवार्य रूपमा हुन्छ ।’
बेलायती क्रान्तिपछि समानतावादीहरूलाई दबाइएको इतिहास छ । १७७५ देखि १७८३ मा सम्पन्न अमेरिकी स्वतन्त्रता सङ्ग्रामपछि पनि पुँजीवादीहरू नै राज्यसत्तामा पुगे र जनताका न्यायपूर्ण आन्दोलन दबाइए ।
२००७ मा राणा शासनपछि नयाँ राणाहरू काङ्ग्रेसको नाममा राज्यसत्तामा पुगे र नेपाली जनतालाई दबाउन सुरू गरे । आजपनि जानकारहरू बताउँछन् काङ्ग्रेस सत्तामा नपुगेसम्म प्रजातन्त्रवादी रह्यो र जब राज्यसत्तामा पुग्यो प्रजातन्त्रको अवशान भयो । साँचो प्रजातन्त्रको निम्ति लड्नेहरू दबाइए । चिनियाकाजीको हत्या इतिहासमा ताजै छ । नेपाली काँग्रेसकै राज्यसत्तामा ‘माओवादी’ ले कथित जनयुद्ध सुरू ग¥यो । त्यसको दमनमा काङ्ग्रेसले के मात्र गरेन ? माओवादी नेता प्रचण्डलगायतको टाउकोको मूल्यसमेत तोकियो । के त्यो दमन थिएन ?
त्यतिमात्र होइन २०४६ सालपछि कृष्णप्रसाद भट्टराई २ पटक, गिरिजा प्रसाद कोइराला ५ पटक, शेर बहादुर देउवा ४ पटक, सुशील कोइराला १ पटक प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाले । ती सम्पूर्ण कालमा कामदार मजदुर किसानहरूमाथि दमन भएको जगजाहेर छ । दमनमात्रै होइन देश र जनतालाई लुट्नसम्म लुटेको यथार्थ हो । पुँजीवादी शासकवर्गले कसरी लुट्छ भन्ने एउटा दृष्टान्त पेश गर्नु सान्दर्भिक होला । २०६२÷६३ को आन्दोलनपछि बनेको १२ वटा सरकारले ३ अर्ब ९५ करोड ५० लाखभन्दा बढी रकम आफ्ना नातेदार, कार्यकर्ता र आसेपासेलाई आर्थिक सहायताको नाममा वितरण गरेको समाचार ‘राजधानी दैनिक’ ले बुधबार छाप्यो । २०६२÷६३ को जनआन्दोलनपछि २०६३ देखि २०६५ सम्म गिरिजाप्रसाद कोइरालाले ८ करोड, २०७० सालमा सरकारको नेतृत्व गरेको सुशील कोइराला नेतृत्वको काङ्गे्रसी सरकारले २०७२ सम्ममा १६ करोड १५ लाख २१ हजार रूपैयाँ बाँडे । शेरबहादुर देउवाले ३० करोड आफ्नालाई बाँडे । प्रजातन्त्र भन्दै लुटतन्त्रको खेती गर्ने को हो र प्रजातन्त्रवादीका नाममा जनतामाथि अनेक रूपले दमन काङ्ग्रेसले नै गरेको होइन र ? अहिलेको नेकपा पनि काङ्ग्रेसकै पदचिन्हमा हिँडिरहेको प्रस्ट छ । जनतामाथि दमन र साँचो कम्युनिष्टहरूमाथिको दमन अहिले पनि उस्तै छ ।
काङ्ग्रेसले भारतको प्रजातन्त्रलाई आदर्श मान्छ र नेहरूको पूजा गर्छ । उनैको उदाहरण लिऔँ । नेहरू राज्यसत्तामा उक्लिएपछि हिंसाद्वारा व्यापक जनता र प्रगतिशील शक्तिहरूलाई दबाउँदै गए । ऐतिहासिक तथ्यले बताउँछ –“सरकारी तथ्याङ्कअनुसार भारतले स्वतन्त्रता प्राप्त गरेदेखि अगष्ट १९५० सम्मको तीन वर्षमा भारतीय प्रहरीले व्यापक जनतामाथि १९८२ पटक गोली हानेर ३,६८४ मानिसहरूको हत्या ग¥यो तथा १०,००० मानिसहरूलाई घाइते बनायो र ५०,००० मानिसहरूलाई जेलमा थुन्यो । बितेका केही वर्षहरूदेखि नेहरू सरकारले व्यापक जनतामाथि गरेको हिंसात्मक गतिविधिहरू निरन्तर बढ्दैछ । भारतीय कम्युनिष्ट पार्टीले नेतृत्व गरेको केरला सरकारलाई फाल्ने उद्देश्यले जुलाई १९५९ मा नेहरूले हिंसा भड्काउन हाकाहाकी केरलाका प्रतिक्रियावादी शक्तिहरूलाई प्रोत्साहन दिए । व्यापक जनताद्वारा जिउने अधिकारको निम्ति गरिएका सङ्घर्षहरूलाई नेहरू सरकारले निर्ममतापूर्वक दबायो । अगष्ट र सेप्टेम्बर १९५९ मा पश्चिम बङ्गालको खाद्यान्नको सङ्घर्षमा मात्र ८० जना मानिस मारिए, ३,००० मानिसहरू घाइते बनाइए र २०,००० भन्दा बढी मानिसहरू कारागारमा थुनिए । ९ नोभेम्बर १९६० को दिल्लीमा आयोजित प्रान्तीय राज्यपालहरूको अधिवेशनमा भारतका भूतपूर्व राष्ट्रपति राजेन्द्रप्रसादले पनि के कुरा स्वीकार गरे भने १३ वर्षभित्र भारतमा प्रहरीद्वारा जति गोली चलाएका घटनाहरू घटे, त्यति बेलायती शासन कालमा पनि घटेका थिएनन् ।” (चीन भारत सिमानाको प्रश्नमा नेहरू दर्शनको पुनर्विश्लेषण) धेरै अल्पसंख्यक, जातिहरूमाथि साह्रै क्रुरतापूर्वक दमन गर्ने नेहरूको राजसत्ताको पूजा काङ्ग्रेसले किन ग¥यो ? डा. खड्का यो विषयबारे त पक्कै अनभिज्ञ छैनन् होला । त्यसकारण हरेक राज्यसत्ता दमनकारी हुन्छ । माओले कामदारवर्गको राज्यव्यवस्था स्थापनार्थ जीवन बिताउनुभयो जुन व्यवस्थामा भ्रष्टाचारी, देशघाती, दलाल पूँजीपति वर्ग, अपराधीहरूमाथि दमन गरिन्छ ।
अध्ययनकर्ता हुवाङ्क चियाओजिङ् ९ज्गबलन श्ष्बयनष्बलन० ले “माओको बाल्यकालीन व्यक्तित्व विश्लेषण नामक अध्ययन सामग्रीमा लेखेका छन्– “माओ बाल्यकालदेखि तीक्ष्ण बुद्धिका थिए । बुबाको व्यवहार, किसानमाथि बुर्जुवा समाजले गर्ने व्यवहार, चीनको सामाजिक र राजनीतिक परिवेशले माओलाई एक सङ्घर्षशील योद्धाको रूपमा हुर्कायो । बुर्जुवा वर्गप्रति, शासक वर्गप्रति एक किसिमको आक्रोश, व्यवस्थाप्रतिको आवेग बाल्यावस्थामै विजारोपण भयो । त्यसैकारण उहाँमा क्रान्तिप्रतिको आत्मविश्वास बढ्यो । सङ्घर्षको मैदानमा कत्तिपनि नथाकिकन चिनियाँ जनताको मुक्तिको निम्ति एक जना नायकको रूपमा उभिनमा बाल्यावस्थाकै देन छ । सानैदेखि आत्मस्वाभिमानी, देशभक्तिपूर्ण भावनाले भरिएका विशेष गुणयुक्त बालक थिए माओ ।” त्यसकारण माओबारे खड्काजीको लेखमा पूर्णत असत्य कुराहरू छन् ।
बुद्धिजीवी पनि दुई प्रकार हुन्छन् । पुँजीवादको मलजल गर्ने, शोषणको समर्थन गर्ने, कानुनी लुटको समर्थन गर्ने, साम्राज्यवादको पक्षपोषण गर्ने एक प्रकारका हुन्छन् भने अर्को कामदारवर्ग ÷सर्वहारा वर्ग र समाजवादको पक्षमा, पुँजीवादविरूद्ध निरन्तर सङ्घर्ष गरिरहनेहरू हुन्छन् । निश्चय पनि बुर्जुवा वर्गका बुद्धिजीवीको विरूद्धमा माओले बोल्नुभयो । ठूल्ठूला विश्वविद्यालयबाट विद्यावारिधी गर्दैमा मात्र ती सर्वज्ञ हुन्नन् । तिनीहरूसँग देश र जनताको पक्षमा उभिने सामथ्र्य हुनुपर्छ । जनताबीच पुगेर जनताको सेवा गर्ने व्यावहारिक ज्ञान बुद्धिजीवीसँग भयो भने राम्रो हुन्छ । तिनले मात्र देश र जनताको सेवा गर्नेछन् । अनौपचारिक र व्यावहारिक ज्ञानमा निपूणहरूलाई कद्धर तथा सम्मान नगर्नु बुर्जुवा चरित्र हो । माक्र्सवादी दृष्टिकोणले भन्छ– ‘बुर्जुवा विश्वविद्यालय र संघ संस्थाले गलत विचार दिन्छ जसबाट विद्यार्थीहरू गलत ढङ्गमा शिक्षित हुन्छन् । जब सर्वहारा वर्गलाई आफ्नो ऐतिहासिक उद्देश्यको ज्ञान हुन्छ तव ती बुद्धिजीवीहरूको विषयअनुसार छुट्टै समूह खडा गरिन्छ । भविष्यमा समाजवाद स्थापनापछि बुद्धिजीवीहरूका फरक–फरक समूहको आवश्यकता पनि घट्दै जान्छ ।’ (माक्र्सवाद र बुद्धिजीवीहरू, जर्ज नोभाक (न्भयचनभ ल्यखबचप) डिसेम्बर १९३५) अध्यक्ष माओकोे बुद्धिजीवीलाई हेर्ने दृष्टिकोण माक्र्सवादी हो । त्यो भनेको वर्गीय दृष्टिकोण हो । येनान गोष्ठीका भाषणहरूमा त्यो विचार स्पष्ट ढङ्गमा प्रस्तुत गरिएको छ ।
डा. खड्काको लेखमा माओलाई एक अबुझका रूपमा उभ्याइएको छ । प्रश्न उठ्छ – पहिलाका क्रृषिमुनीहरू कुन विश्वविद्यालयबाट दीक्षित थिए ? सुकरातले कुन विश्वविद्यालय पढेका थिए ? प्लेटो र अरस्तु पछिमात्रै विश्वविद्यालयको विकास भएको होइन र ? नेपालका विद्वान बालकृष्ण शमसेर, महाकवि देवकोटा, बाबुराम आचार्य, इतिहासकारहरूको मूल्याङ्कन कसरी गर्ने ?
दुई चारवटा किताब पढेकै भरमा इतिहासलाई बङ्ग्याउन खोज्नेहरूलाई त्यसकारण माओले भन्नुभएको हुनुपर्छ–“बुद्धिजीवीहरू अज्ञानी हुन्छन् ।” सानो स्वार्थको लागि सारा जनताको स्वार्थको उपेक्षा गर्ने बुद्धिजीवी जनताका शत्रु हुन्छन् ।
बुद्धिजीवीहरूको भौतिक सफायाको आरोप सरासर गलत हो । व्यक्तिहत्या माओ त्सेतुङ विचारधारा विपरित भएको धेरै सन्दर्भमा चर्चा गरिएको छ । अध्यक्ष माओले उत्पादनका साधनहरू सामाजिकीकरण गरी जमिनदार वर्गको सफाया हुन्छ भनी सरल भाषामा बारम्बार बताउनुभएको हो । जमिनदार वर्गको अत्याचारबाट किसानहरूलाई मुक्त बनाउने उपाय उहाँले दिनुुभएको थियो । अध्यक्ष माओ युद्धबन्दीहरूलाई समेत अत्यन्तै राम्रो र असल व्यवहार गर्न लालसेनालाई निर्देशन दिनुहुन्थ्यो र सोहीबमोजिम लागू गरियो । च्याङकाई सेकको गुटमा प्रचार गरिन्थ्यो कि कम्युनिष्टहरूले आँखा निकाल्छ, कान काट्छ, कम्युनिष्टहरूसँग राक्षसको जस्तो सिङ हुन्छ तर विरोधीहरूलाई समेत माओले असल व्यवहारबाट हृदय परिवर्तन गरेको विगत इतिहासका पृष्ठहरूमा सुरक्षित छ । ती बन्दीहरू नै पछि कम्युनिष्टका प्रचारक भए । कम्युनिष्टको बद्नाम गर्न अपनाइएको गलत बाटो हिजो पनि असफल नै भएको वास्तविकता हो । चीन भारत सीमा विवादमा समेत भारतीय सेना र सिपाहीहरूप्रति भद्र र सभ्य व्यवहार गरिएको थियो । युद्धको क्रममासमेत भौतिक सफाया गर्न अघि नबढेको वास्तविकता छर्लङ्ग हुँदाहुँदै डा. खड्काले किन गलतलाई दोहो¥याएर हिँडे, अचम्मको विषय छ ।
माओका गुरू लि ताचाओ पेकिङ विश्वविद्यालयका पुस्तकालय अध्यक्ष थिए । उनीबाट माओले माक्र्सवादी साहित्यको गहन अध्ययन गर्न सहयोग पुग्यो । लि ताचाओ एक स्थानीय माक्र्सवादी थिए । (चिनियाँ कम्युष्टि नेताहरूको परिचय) चिनियाँ क्रान्तिले माओको नेतृत्व नपाएको भए हिन्दुस्तान र एसियाकै कम्युनिष्ट आन्दोलन असफल भएझैं हुन्थ्यो कि भन्ने अनुमान राजनीतिक पर्यवेक्षकहरू लगाउँछन् । कम्युनिष्ट सिद्धान्त र त्यसलाई व्यवहारमा लागू गर्ने माओले कहिल्यै आलोचनालाई निषेध गर्नुभएन । आलोचना र आत्मालोचना पार्टीको प्राण जस्तै हो । एउटा सशक्त हतियारको रूपमा माओ व्याख्या गर्नुहुन्छ– “आलोचना र आत्मालोचनाको माक्र्सवादी– लेनिनवादी हतियार हामीसँग छ । त्यसकारण गलत प्रवृत्तिविरूद्ध लड्दै सही बाटोमा हामी हिँड्न सक्दछौं ।”
‘माओले बुद्धिजीवीको सल्लाह, सुझाव र आलोचना सकारात्मक रूपमा ग्रहण गरेको भए चीन उनको समयमै विश्वको समृद्ध राष्ट्रमा स्थापित हुने थियो कि’ भनी लेख टुङग्याइएको छ । खड्काजी के कुरामा स्पष्ट हुनुपर्छ भने सबैभन्दा महत्वपूर्ण समृद्धि भनेको वैचारिक र सांस्कृतिक समृद्धि हो । त्यो त्यतिबेलै प्राप्त भइसकेको थियो, माओको जीवनकालमा । त्यही विचारको आधारशिलामा आर्थिक समृद्धिको बाटो तय हुन्छ । आजभन्दा ५०÷६० वर्ष अगाडि नै सांस्कृतिक रूपमा चीन समृद्ध थियो । आर्थिक प्रगतिको बलियो जग निर्माण उत्तिबेलै भएको यथार्थ पुनः स्मरण गराउँदा ठीक होला ।
चीनबाट चिठीहरूमा अन्ना लुइस स्ट्रङले चिठी नम्बर १० मा लेख्नुभएको छ –‘माओ जनतालाई सबैभन्दा शक्तिशाली मान्नुहुन्थ्यो त्यसकारण सन् १९५८ मा राज्य प्रमुखबाट राजीनामा दिइसकेपछि पनि देश यात्रा गरी जनताको समस्या समाधानमा जुट्नुभयो ।’ माओले ‘जनतासँग सिक र जनतालाई देऊ’ भन्ने विचार रोप्नुभयो । एउटा मार्मिक प्रसङ्ग छ चिठीमा–‘क्रान्तिको सफलताका निम्ति ‘कृषि’, औद्योगीकरणभन्दा पनि त्यतिबेलाको आवश्यकता समाजवादी शिक्षा थियो । यसरी माओले आजको चीनको जग हाल्नुभएको हो ।’
सन् १९५८ – १९६१ कै समयमा चीनले हङकङलाई प्रत्येक वर्ष ५० करोड ग्यालन खानेपानी सुम्चुन (क्जगmअजगल) रिजरभ्वाायरबाट आपूर्ति गथ्र्यो । पछि ४ करोड ४० लाख ग्यालन थप गरियो । एउटा गरीब प्रदेशको रूपमा गनिने क्वाङ्गटुङ्ग (पधबलनतगलन)ले राम्रो खानेपानी सुरक्षित कसरी गर्न सक्यो । करोडपति हङकङले पनि त्यो गर्न सकेन ।
चिनियाँ कम्युनहरूले सन् १९५८ तिर १ हजार रिजरभ्वायरहरू, ३३ सिँचाइ प्रणाली निर्माण गरे । वर्षाको पानी सुरक्षित गरी खानेपानी र सिँचाइ प्रणालीको विकास प्रत्येक कम्युनहरूमा हुँदै थियो । यसले चीनको उत्पादनलाई पनि जोड्छ । चीन आत्मनिर्भरतातर्फ अघि बढेको, समृद्धितर्फ अघि बढेको एउटा दृष्टान्त हो यो ।
इतिहासको सही अध्ययनले मात्र समाजलाई सही बाटोमा डो¥याउँछ । तर विडम्बना, इतिहासको अपव्याख्या गर्न खोज्नेहरू यो पुँजीवादी समाजमा थुपै्र भेटिन्छन् । तिनलाई समयले पाखा लगाउने छ र साँचो इतिहास जरूर जनताले लेख्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *