शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
पदयात्रा व्यवसायीहरूको सङ्गठन ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायमा विदेशी लगानी भित्र्याउने योजनाको विरोध गरेको छ । हिमाली देश भएकोले नेपालमा वर्षमा लाखौँ पर्यटक पदयात्रा गर्न आउँछन् । पदयात्रामा आएका पर्यटकबाट उठेको पैसाले पर्यटन उद्योगको कुल आम्दानीमा ठूलो हिस्सा ओगटेको छ । हजारौँको सङ्ख्यामा नेपाली युवाले पदयात्रा व्यवसायमा पथप्रदर्शक, भरिया, व्यवस्थापकको रुपमा रोजगारी पाएका छन् । पदयात्रा व्यवसायमा वैदेशिक लगानी भित्याउनुले एकातिर स–साना पुँजीबाट सञ्चालनमा रहेका पदयात्रा व्यवसायी संस्थाहरू डुबेका छन् भने अर्कोतिर नेपाली युवाहरूको भूमिका सस्तो ज्यामी र भरियामा सीमित हुनेछ ।
निःसन्देह पदयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन नेपाली पदयात्रा व्यवसायीहरूले अझै धेरै मिहिनेत गर्नुपर्ने हुनसक्छ । विदेशी पर्यटकलाई सुरक्षित रुपमा नेपालका हिमाली क्षेत्रमा पदयात्रा गराउन सक्षम पथप्रदर्शकहरूको खाँचो छ । पदयात्रा व्यवसायलाई अझ अब्बल र दक्ष बनाउन टान र सम्बन्धित क्षेत्रका विभिन्न निकायले तदारुकता देखाउनुपर्छ । तर, पदयात्रा व्यवसायमा विदेशी लगानी भित्याउनु यो क्षेत्रमा निखार ल्याउने विकल्प होइन ।
ठूलो माछाले सानो माछालाई सिध्याउने कुरा पुँजीवादी बजारको नियम हो । पदयात्रामा विदेशी लगानी भित्याउनुले सो व्यवसायमा लगाएको नेपालको पुँजीलाई नाङ्लो पसलमा झारिदिनेछ । पदयात्रा व्यवसायमा नेपाली उद्योगीको नियन्त्रण र उपस्थिति क्रमशः कमजोर बन्दै जानेछ । त्यसकारण पदयात्रा व्यवसायमा विदेशी पुँजी भित्याउनु भनेको आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्नु हो । राष्ट्रिय पुँजीलाई हतोत्साहित गर्नु हो ।
राष्ट्रिय पुँजी र देशभक्त पुँजीपति वर्ग नेपालजस्तो विकासशील देशको आर्थिक विकास र स्वाधीनताका आधार हुन् । राष्ट्रिय पुँजी बलियो भएमात्र देशको राजनीतिक र आर्थिक स्वाधीनता अक्षुण्ण रहन्छ । तर, हरेक क्षेत्रमा विदेशी पुँजी नै हुल्ने सरकारी योजनाले देशलाई पराधीनतातिर दोहो¥याउनेछ । विदेशी पुँजीले ल्याएको समृद्धि भनेको साथीसँग बहालमा लिएको गहना लगाएर भोजमा जानुजस्तै मात्र हो । त्यो वास्तविक समृद्धि होइन, देखावामात्र हो । आपत् पर्दा त्यस्तो समृद्धिले साथ दिने गर्दैन ।
नेपाली जनशक्तिलाई सक्षम र दक्ष बनाउने विषयमा राज्य र सम्बन्धित निकायले ध्यान दिनु उचित हो । तर, विदेशी लगानी भित्याएर यो काम फत्ते गर्न सकिन्छ भन्ने कुरा गलत हो । विदेशी लगानीले मात्र नेपालका जनशक्तिलाई सक्षम बनाउन सकिन्छ भन्नु सर्वथा भ्रम हो । पदयात्रा व्यवसायलाई व्यवसायिक बनाउनुको अर्थ विदेशी लगानी भित्याउनु होइन । टानले आफ्नो व्यवसाय जोगाउन आज उठाएको मुद्दा अर्थतन्त्रका अन्य क्षेत्रका सन्दर्भमा पनि लागू हुन्छ । यसले देशलाई क्रमशः नवउदार अर्थतन्त्रको भासमा फसाउनेछ ।
आज सियो बनेर पसेको विदेशी लगानीले कालान्तरमा फालीको प्रभाव पार्नेछ । नेपाली अर्थतन्त्रलाई पराधीनमात्र होइन, स्वदेशमै बसेर रोजगारी गर्न चाहने नेपाली युवालाई बाध्यताको पासोले बाँधेर विदेशमा गलहत्याउन यस्ता आत्मघाती काम मनग्य हुनेछ ।
Leave a Reply