युद्धको अमेरिकी धम्कीबिच प्रजग कोरियाद्वारा दोस्रो विध्वंसक युद्धपोत तैनाथ
- भाद्र २२, २०८३
कीर्तिपुर, १ चैत्र । त्रिभुवन विश्वविद्यालय केन्द्रीय ललितकला विभागअन्तर्गत स्नातकोत्तर तह दोस्रो सेमेस्टरका विद्यार्थीहरुले भर्ना र परीक्षा फारम भर्न बहिस्कार गरेका छन् ।
ललितकला विभागले लगातार विद्यार्थीहरुको माग बेवास्ता गर्दै विभागमा प्रहरी प्रशासन परिचालन गरेको, प्रशासनले गुण्डागर्दी बढाएको, विद्यार्थीहरुसँग उठाएको शुल्कमा व्यापक भ्रष्टाचार भएको र विभागमा शैक्षिक वातावरण बनाउन असफल भएको लगायतका विषयमा सो सेमेस्टरका सबै विद्यार्थीहरुले शैक्षिक तालिकाअन्तर्गतका कार्यक्रम बहिस्कार गरेका हुन् । विभागले प्रहरी लगाएर संगीत विभागका केही विद्यार्थीहरुको परीक्षा लिएको थियो भने विभागले पेटिङका विद्यार्थीहरुलाई परीक्षा दिन रोक लगाएका थिए ।
विद्यार्थीहरुले यसअघि तिनै विषयलाई लिएर ७–८ महिना आन्दोलन गरेका थिए । पटक पटक आन्दोलन गर्दा पनि विद्यार्थी आन्दोलन गर्दा पनि कुनै सुनुवाई नभए पछि अर्को चरणको कडा आन्दोलन घोषणा गरेको आन्दोलनकारी विद्यार्थीहरुले बताएका छन् । त्रिविको केन्द्रीय विभाग भएर पनि ललितकला विभागलाई पूर्ण निजी सरह चलाउने प्रयास भए पछि विद्यार्थीहरु बाध्य भएर संघर्षमा आउनुपरेको विद्यार्थीहरुले बताए ।

Leave a Reply