यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडाँै, १२ चैत । प्रतिनिधिसभा नियमावली, २०७५ नियम ४० अनुसार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसँग नेपालको जलविद्युत् उत्पादन र जलस्रोतबारे सोध्नुभएको प्रश्न र मन्त्री वर्षमान पुनको लिखित जवाफ प्रतिनिधिसभाको बैठकमा चैत १० गते टेबुल गरिएको व्यहोरा देहायबमोजिम छ ः
प्रश्न ः वि.सं. २०६५ सालमा तत्कालीन दाहाल सरकारले दस वर्षमा दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना बनाएकोमा हालसम्म कति मेगावाट बिजुली उत्पादन भयो ?
उत्तर ः वि.सं. २०६५ सालमा तत्कालीन दाहाल सरकारले दस वर्षमा दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना बनाएकोमा मिति २०६५÷०४÷०१ देखि मिति २०७५÷१०÷२९ सम्म एक मेगावाटभन्दा ठूला जम्मा ४९ वटा जलविद्युत् आयोजनाबाट कूल ४५०.६१५ मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित भएको देखिन्छ ।
हाल एक मेगावाटभन्दा ठूला क्षमताका जम्मा १७३ वटा जलविद्युत् आयोजनाहरूले ७४८७.३९ मेगावाट विद्युत् उत्पादन हुने गरी सर्वेक्षणको कार्य सम्पन्न गरी विद्युत् उत्पादनको अनुमतिपत्र लिई निर्माणाधीन अवस्थामा रहेको देखिन्छ ।
प्रश्न ः नेपालको कुन कुन जलस्रोत कुन–कुन देशलाई किन दिएको होला ?
उत्तर ः नेपाल सरकार र भारत सरकारबीच विभिन्न मितिमा भएका दुई देशीय कोसी सम्झौता, गण्डक सम्झौता तथा महाकाली एकीकृत विकास सम्झौताहरू क्रमशः
i) Agreement between His Majesty’s Government of Nepal and the Government of India concerning the Kosi Project.
ii) Agreement between His Majesty’s Government of Nepal and the Government of India on the Gandak Irrigation and Power Project.
iii) Treaty between His Majesty’s Government of Nepal and the Government of India concerning the integrated development of the Mahakali River including Sarada Barrage, Tanakpur Barrage and Pancheshwar Project. हरूमा उल्लेखित प्रावधानका आधारमा जलस्रोतको उपयोग र व्यवस्थापन भइरहेको छ ।
२०६५ सालयता सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गरिसक्नुपर्नेमा मन्त्रीले जवाफमा ४५० मेगावाट उत्पादन भएको र ७४८७ मेगावाट बिजुली अनुमतिपत्र लिइएको मात्र अवस्था उल्लेख छ । त्यस्तै कुन कुन देशलाई नेपालको जलस्रोत किन दिइएको भन्ने प्रश्नबारे मन्त्रीले कोसी, गण्डक र महाकाली परियोजना सम्झौता भारतमा भएको उल्लेख गरे तर अन्य विचार उल्लेख गरेनन् । किन दिनुप¥यो यसबारेको विवरण पर्याप्त उल्लेख गरेनन् ।
Leave a Reply