नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेरिस, २६ मार्च । चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंबीच सोमबार दुई देशबीच थप मूर्त, दिगो र बहुपक्षीय बृहत् रणनीतिक साझेदारी विस्तार गर्ने सहमति भएको छ ।
पेरिसको इल्सी दरबारमा दुई राष्ट्रपतिबीच भएको वार्ताको क्रममा यस्तो सहमति भएको हो ।
भेटमा चीनका राष्ट्रपति सीले अन्तर्राष्ट्रिय परिस्थितिमा धेरै परिवर्तन आइसकेको चर्चा गर्दै चीन र फ्रान्सको सम्बन्ध सधैं उच्चस्तरमा चुस्त र दिगो तरिकाबाट विकास भइरहेको बताए ।
उनले फ्रान्समा माक्रों राष्ट्रपति बनेयता दुई देशबीचको सम्बन्धले अझै उचाई हासिल गरेको र धेरै नयाँ उपलब्धि हासिल भएको बताए ।
सो अवसरमा सीले यो वर्ष चीन–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वर्ष, चीनबाट फ्रान्समा रोजगारी–अध्ययन कार्यक्रमको १०० औं वर्ष र जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष भएको स्मरण गरे ।
“विगतको ज्ञानले नै आजका मानिस अझ गतिलो गरी अघि बढ्न सक्नेछ ।” उनले भने ।
संसार शताब्दीकै सबभन्दा चुनौतीपूर्ण समयमा भएको र मानवता आज चौबाटोमा उभिएको चर्चा गर्दै चीन, फ्रान्स र सिङ्गो युरोप विकासको गम्भीर चरणमा रहेको चिनियाँ राष्ट्रपतिको भनाइ थियो ।
“चीन इतिहासलाई पछ्याउँदै भविष्यको लागि फ्रान्ससँग सम्बन्ध विस्तार गर्न चाहन्छ । हामीबीचको निकट र दिगो बृहत् रणनीतिक साझेदारी अझ अघि बढाउन चाहन्छ । खुला, समावेश र सुन्दर विश्व निर्माणको लागि थप ऐतिहासिक योगदान गर्न चाहन्छ ।” सीले भने ।
उनले भने,“राजनीतिमा हामीले आपसी विश्वासको बलियो बाँध मात्र होइन, आदर्शका प्रकाशस्तम्भ पनि निर्माण गर्नुपर्छ ।”
फ्रान्सका राष्ट्रपति माक्रोंले फ्रान्स र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५५ वर्ष बितिसकेको अवस्थामा दुवै देशले आपसमा सम्मान गर्नुपर्ने र विस्तृत र उत्पादनमूलक सहकार्य अघि बढाउनुपर्ने धारणा राखे ।
चीनलाई फ्रान्सले भरपर्दो र विश्वासिलो रणनीतिक साझेदार मानेको प्रसङ्गबारे चर्चा गर्दै जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको अवसरमा शुभकामना व्यक्त गरे ।
उनले फ्रान्स र चीनबीच हवाई उड्डयान, एरोस्पेस, आणपिवक उर्जा, कृषि, वित्त, वैज्ञानिक अनुसन्धान, यातायातका साधन निर्माण, ज्येष्ठ नागरिकको हेरचाहमा सहकार्य गर्न सक्ने बताए ।
Leave a Reply