यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– कृष्ण आचार्य
भरतपुर, १२ चैत । चितवन माडी नगरपालिका–८ शिवद्वारकी नरदेवी पुनलाई पछिल्लो समय घरबास (होमस्टे) मा आउने अतिथिको स्वागत, सत्कार र घरायसी काममा व्यस्तता बढेको छ । चितवन माडीस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरवासमा आउने पर्यटकको सङ्ख्या बर्सेनी बढ्दै गएपछि उनको व्यस्तता पनि बढेको हो । सो घरवास २०७२ माघबाट सुरू भएको हो ।
बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिस यतिखेर माडीको घरवासमा शान्ति र आनन्द लिन आउने गरेका छन् । घरवास सञ्चालन भएसँगै नरदेवीजस्तै अन्य स्थानीयवासीको जीवनस्तर र दैनिकीमा समेत परिवर्तन आएको छ । “घरवास सञ्चालनमा आएपछि आम्दानीको स्रोत बढेको छ”, उहाँले भन्नुभयो ।
घरवास सञ्चालन भएपछि बाटो बन्यो, बिजुली पनि आयो । हिजोआज हाम्रो दिनचर्या भनेको नै आफ्नो गाउँमा आउने पाहुनालाई स्वागत, सत्कार र सेवामा बित्ने गरेको पुनको भनाइ छ ।
विभिन्न पूर्वाधार संरचना निर्माण गरेर घरवास सञ्चालन गरेपछि अहिले माडी शिवद्वारका स्थानीयवासी आर्थिक उपार्जनका साथै आफ्नो संस्कृति, कला र परम्पराको समेत संरक्षण र प्रचारप्रसार गरिरहेका छन् । घरवास सञ्चालन भएपछि जीविकोपार्जनमा सहजता आएको घरवास सञ्चालक गौमाया पुन बताउनुहुन्छ । उहाँले घरवासमा आउने पाहुनाको स्वागत सत्कार गर्न पाउँदा आफूलाई आनन्द महसुस हुने गरेको अनुभव सुनाउनुभयो ।
हालसम्म १० हजारभन्दा बढी पर्यटक घरवासमा आएको अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरवासका अध्यक्ष मोहनबहादुर पुनमगरले बताउनुभयो । “अहिले विदेशी पर्यटक पनि आउन थालेको छ”, उहाँले भन्नुभयो । प्रत्येक घरवासमा सौर्य ऊर्जा (सोलार)को व्यवस्था छ भने सबै कोठामा तातो र चिसो पानीको समेत व्यवस्था गरिएको छ ।
पर्यटकको मनोरञ्जनका लागि स्थानीयवासीले आफ्नो संस्कृति झल्कने नृत्यसमेत देखाउने गरेका छन् । साथै पर्यटकलाई स्थानीय खानाको परिकार खुवाइन्छ । “सुरुमा हामी स्वागत गर्छौं”, घरवास सञ्चालक चन्द्रबहादुर थापा भन्नुहुन्छ । पर्यटकका लागि मगर जातिको सोरठी नाच देखाइन्छ । घरवास नजिकै माछापोखरी पनि छन् । त्यहाँ ‘फिसिङ’ गर्न मिल्ने व्यवस्था पनि मिलाइएको छ ।
बास बस्नेबाहेक तालिम गोष्ठीका लागि विभिन्न सङ्घ संस्था यहाँ आउने गरेका छन् । करीब १०० जना अट्ने गरी तालिम कक्षको व्यवस्था यहाँ गरिएको छ । अहिले दैनिकरुपमा ठूलो सङ्ख्यामा यहाँ आउने गरेका छन् ।
घरवास सञ्चालनका लागि चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति, नगरपालिका र विभिन्न सङ्घ संस्थाले सहयोग गरेका छन् । संरक्षित वन्यजन्तु बाघ, गैँडा, भालु, हात्ती, जरायोलगायत विभिन्न जातका चराचुरुङ्गीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो माडी । विभिन्न धार्मिक कुण्डका कारण पनि यो क्षेत्रमा आउने पर्यटक बर्सेनी बढ्दो छ । सोमेश्वर र परशुराम कुण्डसमेत यसै क्षेत्रमा पर्ने भएकोले पूजा गर्नका बर्सेनी ठूलो सङ्ख्यामा भारतबाट यहाँपर्यटन आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले सौराहा–पटिहानी र पटिहानी–माडीको पर्यटक पदमार्ग निर्माण गरेपछि माडीमा पर्यटकीय गतिविधिले गति लिएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताउनुभयो ।
स्थानीयस्तरमै रोजगारीको अवसरसँगै पर्यापर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा माडीको घरवास अघि बढेको प्रमुख ढकालले बताउनुभयो । माडीमा थप घरवास सञ्चालनको तयारी भइरहेको बताउँदै उहाँले कृषि पर्यटनमार्फत माडीको विकास सम्भव भएकाले त्यसका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ भन्नुभयो ।
Leave a Reply