ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
राँझा, १२ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत मंसिर महिनामै प्रतियोगिता आयोजना हुने भनिए पनि पूर्वाधार तयार नभएकोले अन्योल देखिएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता उद्घाटन चैत २७ गते गरिने बताएका छन् ।
उनले यही चैत १५ गते बस्ने बोर्ड बैठकले २०७५ चैत २७ गते साँझ ६ बजे उक्त प्रतियोगिता नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ वैशाख ३ गते समापन हुने गरी निर्णय गरिने जानकारी दिए । ‘उद्घाटन समारोेहका दिन साँझ ८ बजे ओलम्पिक टर्च बालिने छ । सदस्य सचिव विष्टले समन्वयात्मक बैठकमा भने, “दोस्रो पटक नेपालगञ्जमा हुन लागेको यस खेलको उद्घाटनमा आतसबाजीसहित भव्य झाँकीले झकिझकाउ गरिनेछ । साँझ ९ बजेसम्म साङ्गीतिक कार्यक्रम आयोजना गरिने छ ।”
“उक्त प्रतियोगिता नेपालगञ्जमा गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो, यसले नेपालगञ्जलाई देशभर चिनाउने अवसर दिएको छ ।” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले भने । उनले प्रतियोगिताका लागि नेपालगञ्ज आउने खेलाडी, अतिथि तथा दर्शक सबैलाई स्वागत तथा सत्कार गर्न नेपालगञ्जवासीमा अनुरोधसमेत गरे ।
उनका अनुसार प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगञ्जस्थित रङ्गशाला मैदान, सोही स्थानमा ६ हजार ५०० क्षमताको दर्शक प्यारापिट, सुटिङ रेञ्ज, भारत्तोलन, एकेडेमी भवन, कोहलपुरमा क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट, कपिलवस्तुमा कुस्ती खेलका लागि मायादेवी खेल मैदान निर्माण भइसकेको छ ।
Leave a Reply