भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
भक्तपुर, १ चैत । ‘हाम्रा देशका शासक दलहरू भारतको अगाडि झुक्नु नै ठूलो कमजोरी हो । विदेशी पैसा खाएर स्वतन्त्र रुपमा कसैले देशको हितमा काम गर्नसक्दैन । विदेशी दलाल नेपाली जनताका मुख्य शत्रु हुन् ।’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छें (रोहित) ले एनटीभी समाचारका प्रस्तोता सन्तोष न्यौपानेसँगको मङ्गलबार साँझ प्रत्यक्ष प्रसारित अन्तार्वार्तामा व्यक्त गर्नुभएको हो ।
नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे टिप्पणी गर्दै अध्यक्ष रोहितले भन्नुभयो – ‘नेपालको राजनीति सही दिशामा गइरहेको छैन, जसका कारण देशले सही निकास पाउन कठिनाइहरू सामना गर्न परिरहेको छ ।’
अध्यक्ष रोहितले भारतको हेपाहा प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने विचार राख्नुभयो । उहाँले भारतमा प्रगतिशील सरकार आएसँगै दुई देशबीचको सम्बन्धमा सुधार आउने बताउनुभयो ।
नेपालमाथि भारतीय हस्तक्षेप नीति कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै त्यस्ता थिचोमिचोलगायतका विषयमा नेमकिपाले सदनमा निरन्तर विरोध गर्दै जाने बताउनुभयो ।
अध्यक्ष रोहितले मधेसवादी दलहरूले संसदमा प्रस्तुत गरेका मागहरू तराईका मजदुर किसानको माग नभई कथित मधेसवादी नेताहरूको माग भएको हुँदा नेमकिपा त्यसको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । तराईका जनताको माग सम्बोधन भएको भए त्यहाँका बहुसङ्ख्यक जनताले आफ्नो मौलिक हक प्राप्त गर्न सजिलो हुने भन्दै देशको सार्वभौमिकता गुम्ने कार्य स्वीकार्य हुन्न भन्नुभयो ।
अध्यक्ष रोहितले देशमै रोजगारीको अवसर नहुँदा, देशका ६० लाख नेपाली युवा विदेशी भूमिमा कष्टपूर्ण श्रम गर्न बाध्य भएको बताउनुभयो । देशमा अस्थिरता पैदा हुनुमा ठूलो पार्टी नेपाली काङ्ग्रेस र सत्तासीन दलहरू जिम्मेवार रहेको उहाँले उल्लेख गर्नुभयो ।
अन्तर्वार्ता बुधबार बिहान ८:३० बजे एनटीभी न्यूज च्यानलमा पुनः प्रसारण हुने बताइएको छ ।
Leave a Reply