भर्खरै :

जनताका छोराछोरीलाई विश्वविद्यालयबाट टाढा राख्ने घात हुँदैछ

-नीरज लवजू
त्रिभुवन विश्वविद्यालयले मङ्गलबार काठमाण्डौ उपत्यकाका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुअन्तर्गत स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीमा भर्ना खोलेको सूचना प्रकाशन ग¥यो । २०७१ सालदेखि त्रिविले केन्द्रीय क्याम्पस कीर्तिपुरमा सेमेस्टर प्रणाली लागु ग¥यो । तर सेमेस्टर प्रणालीले जेजस्ता शैक्षिक उपलब्धि दिने भनिएको थियो, ती कुनै पनि पूरा भएनन् । फगत झुठमा परिणत भए । त्रिवि आफैले गठन गरेको एक अध्ययन समितिले सेमेस्टर प्रणाली विफल भएको प्रतिवेदन बुझायो । हिजो हजारौंको संख्यामा पढ्ने केन्द्रीय क्याम्पसमा आज केही सयको संख्यामा विद्यार्थी पढिरहेका छन् । कोटा प्रणाली र अत्याधिक शुल्कका कारण हजारौं निम्न आयको परिवारबाट आएका विद्यार्थीहरु विश्वविद्यालय शिक्षाबाट वञ्चित भएका छन् । सेमेस्टर प्रणालीको नाममा हिजोकै पाठ्यक्रमलाई केही जलप लगाएर अचाक्ली शुल्क बढाइँदा धेरै निम्न आयका विद्यार्थीहरुको लागि उच्च शिक्षा दुरुह विषय बनेको छ ।
प्रणालीको रुपमा कुनै पनि प्रणाली गलत र सही नहोला । वार्षिक प्रणालीमा धेरै कमजोरी छन् । तर जुन नियतले आज सेमेस्टर प्रणाली लागु गर्न खोजिंदैछ, त्यो व्यापक कामदार जनताका छोराछोरीको लागि घातक हो । विश्वविद्यालय शिक्षालाई महङ्गो बनाउने,निश्चित विद्यार्थीहरुको लागि मात्र विश्वविद्यालय शिक्षाको पहँुच बनाउने र क्रमशः विश्वविद्यालय शिक्षालाई निजीकरण गरी व्यापारको विषय बनाउने उद्देश्यले नै सेमेस्टर प्रणाली लागु गर्न खोजिएको छ । सेमेस्टर प्रणालीका केही सकारात्मक पक्षलाई देखाएर सरकारी विश्वविद्यालय निजीकरण गर्नु नै सेमेस्टर प्रणाली विस्तारको लक्ष्य हो ।

त्रिविले मङ्गलबार एकतर्फी निकालेको सूचना त्यहाँभित्रका शैक्षिक माफियाहरुको सक्रियताको प्रभाव हो । शिक्षालाई व्यापारको बस्तु बनाउन चाहने माफियाहरुको गुरुयोजनाअनुसार केन्द्रीय क्याम्पसमा सेमेस्टर प्रणालीको गम्भीर समीक्षा नगरी काठमाण्डौ उपत्यकाका अरु क्याम्पसहरुमा त्यो प्रणाली लागु गरिंदैछ । शिक्षाको पूँजीवादीकरणको यो पछिल्लो दृश्तान्त हो । विश्वविद्यालयलाई अनुदान दिएको नाममा आफ्ना शर्त थोपर्ने विश्व बैङ्कलगायतका पूँजीवादी आर्थिक ज्यावलको चाहनामा यो कदम चालिएको हो । यसलाई सैद्धान्तिक रुपमा भन्नु पर्दा शिक्षा क्षेत्रमा नवउदारवाद भन्न सक्छौं । यो निर्णयका विरुद्ध कामदार जनताका छोराछोरी लड्न नसके भोलि कामदार वर्गको लागि उच्च शिक्षा फगत आकाशको फल आँखा तरी मर हुने अवस्था छ ।
एकातिर संविधानमा समाजवादउन्मुख र सबैलाई शिक्षाको कुरा उल्लेख गरेर व्यवहारमा शिक्षालाई धनी र हुने खानेको पेवा बनाउने काम भइरहेको छ । यो विषयमा सचेत विद्यार्थी सङ्घर्षमा नउत्रे अब हाम्रा पूर्खाले व्यापक नेपाली जनताका छोराछोरीलाई शिक्षित र सभ्य बनाउन खोलेका विश्वविद्यालयहरु नाफा कमाउने पसलमा परिणत हुने भएका छन् । यसलाई पनि राजनीति भनेर विद्यार्थीहरु चुप लागे त्यसबाट लाग्ने घाउ अब कोही आएर पनि बिसेक बनाउन सक्नेछैन ।
टिप्पणीकार नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *