“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, १३ चैत । भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध बिस्का जात्रा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायक र स्थानीय टेलिभिजनहरूबीच बुधबार छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दर्ताविना सञ्चालित व्यवसायहरू गैरकानुनी हुने चर्चा गर्दै समयमै नियमसङ्गतरूपले सबैले आ–आफ्नो व्यवसाय र केबल नेटवर्कहरू दर्ता गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरलाई आकर्षक, पर्यटकीय गन्तव्यस्थल बनाउन सबै नगरवासीहरूको साथ र सहयोगको आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले नगरको स्वरूप राम्रो हुनु देशकै प्रतिष्ठा बढ्नु हो भन्नुभयो ।
सांस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण हटाउन अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्ने र भक्तपुर नगरभित्रका तारहरू निकट भविष्यमा भूमिगत हुने उहाँले जानकारी दिनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जात्रा व्यक्ति विशेषको नियन्त्रणमा नहुने बताउँदै सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो क्षेत्रबाट व्यवस्थापनको लागि पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले सहर कुरूप हुनबाट रोक्न र सम्भावित दुर्घटना न्युनीकरणको लागि अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता भएको बताउनुभयो ।
बैठकले बिस्का जात्राको क्रममा भैरवको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीय जात्रा सञ्चालन हुने क्षेत्रहरूमा अव्यवस्थितरूपमा राखिएका तारहरू चैत २५ गतेभित्र आ–आफैले व्यवस्थापन गर्ने र अनावश्यक तारहरू हटाउने, बिस्केट जात्राका सकारात्मक पक्षहरूको बारेमा राष्ट्र र अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकहरूबाट आफ्नो क्षमताअनुसार प्रत्यक्ष प्रसारण गर्ने, जात्रालाई समयमै शान्तिपूर्ण ढङ्गले मनाउने क्रममा स्थानीय जनतालाई उत्साहित गर्न आ–आफ्नो तर्फबाट सूचना प्रकाशित एवम् प्रसारण गर्ने, सेवा प्रदायकहरूले नियमाअनुसार भक्तपुर नगरपालिकामा दर्ता र नवीकरण गर्ने तथा नियमानुसार समयमै कर तिर्नेलगायतका निर्णयहरू गरेको छ ।
बैठकले बिस्का जात्राको क्रममा रथ तान्ने रुट, जात्रा सञ्चालन हुने क्षेत्र र लिङ्गो उठाउने ठाउँमा रहेका तारहरूको अवस्थाबारे जानकारी लिने तथा व्यवस्थापन गर्ने हेतुले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राधिकरण, टेलिकम र टेलिभिजन इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको संयुक्त टोलीले चैत १७ गते भक्तपुर नगरको स्थलगत निरीक्षण गर्ने निर्णय ग¥यो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायक र स्थानीय टेलिभिजनका प्रतिनिधिलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply