तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
मोरङ, १३ चैत । नेपाल मजदुर किसान पार्टी मोरङको आयोजनामा ग्रामथान गाउँपालिकाको मोतीपुरमा मङ्गलबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले विदेशीले नेपालको प्राकृतिक स्रोतसाधनमाथि आँखा गाडिरहेको बताउँदै प्राकृतिक स्रोतसाधन देशमै उपयोग गर्न, देशको उद्योगधन्दा चलाउन, कृषि उत्पादन बढाउन र देशलाई आत्मनिर्भर बनाउन युवा शक्तिलाई विदेश जानबाट रोक्नुपर्ने औंल्याउनुभयो ।
कम्युनिष्ट दाबी गर्ने वर्तमान सरकार पनि पँुजीवादी सरकार नै भएको प्रस्ट पार्दै उहाँले सत्तारुढ पार्टीका नेताहरू जनतामाझ झूटको खेती गरेर र करोडौँ रुपैयाँ खर्च गरेर चुनाव जितेर आएकाहरू हुन् बताउनुभयो ।
उहाँले देशमा महँगी बढ्नु, जताततै भ्रष्टाचार र कमिसनखोर मौलाउनुको कारण शासक पार्टीहरूले चुनावमा ठेकेदार र व्यापारीसँग करोडौँ करोड चन्दा लिएकोले हो भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नरेन्द्र होमागार्इँले नेमकिपा देशको सार्वभौमिकता र भूअखण्डता रक्षा गर्न र कामदार जनताको हितका लागि सडकदेखि सदनसम्म सङ्घर्ष गरिरहेको चर्चा गर्दै कामदार वर्गको मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना एकमात्र उपाय हो भन्नुभयो ।
उहाँले नेकपाको वर्तमान सरकारले जनताको सिंहदरबार गाउँघरमा पु¥याउने नारा दिएर चुनाव जिते पनि जनताले कुनै सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको बरु सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको छ भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य महेन्द्र बखुन्छेले नेमकिपा माक्र्सवाद – लेनिनवाद र माओ विचारधाराको मार्ग निर्देशनअनुसार कामदार जनताको शासन समाजवाद स्थापना गर्न लागिरहेको बताउँदै त्यसको लागि शोषित पीडित कामदार जनता सचेत र सङ्गठित बनी सङ्घर्ष गर्नुको विकल्प छैन भन्नुभयो ।
सभापतिको आसनबाट नेमकिपा मोरङ जिल्ला समितिका अध्यक्ष शालिग्राम राउत र जिल्ला सदस्य परशुराम विश्वासले पनि देशको समसामयिक राजनीतिक स्थितिबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply