नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँ महानगरपालिकाका वडा अध्यक्षहरू र रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका पदाधिकारीहरूले बिहीबार भेट गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले काठमाडौँको रानीपोखरी पुनर्निर्माणको लागि आवश्यक दक्ष जनशक्ति, परम्परागत सीप र परम्परागत निर्माण सामग्रीलगायतका आवश्यक सहयोग गर्न भक्तपुर नगरपालिका तयार रहेको बताउँदै देशको सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाले सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले सशर्त आउने विदेशी सहयोगलाई भन्दा स्थानीय तहहरूले आम्दानीका स्रोतहरू बढाउँदै आत्मनिर्भर हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । २०७२ सालको विनाशकारी भूकम्पपछि पुनःनिर्माणको लागि जर्मन सरकारको के.एफ.डब्लू.ले प्रस्ताव गरेको विभिन्न शर्तहरुसहितको सहयोग भक्तपुर नगर र नगरवासीको हितमा नभएकोले सहयोग स्वीकार गर्न नसकेको जानकारी दिनुभयो ।
भेटमा प्रमुख प्रजापतिले भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा जोड दिइरहेको बताउँदै शिशु स्याहार र विभिन्न कलेजहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई भक्तपुरको मौलिक कला, संस्कृति, इतिहास, भूगोल, स्थानीय परम्परागत
खेलकुद, उत्पादन तथा यहाँका विशिष्ट व्यक्तित्व र सहिदहरूको जानकारी दिने उद्देश्यका साथ स्थानीय पाठ्यक्रम तयार गरी अध्यापन गरिरहेको छ । गत वर्षदेखि कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन भक्तपुर नगर शिक्षा समितिमार्पmत गरिरहेको छ । जनस्वास्थ्य सञ्चालन गर्दै ख्वप अस्पताल निर्माण कार्य सुरू गरेको छ ।”
विकास निर्माण र सम्पदा संरक्षण कार्य स्थानीय उपभोक्ता समिति र अमानतबाट गराउँदा रोजगारको अवसर सृजना भएको र निर्माण भएका संरचनाहरूमा स्थानीय जनताको अपनत्व कायम भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
निर्वाचनको बेलामा नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमार्फत व्यक्त गरेका प्रतिबद्धताहरु कार्यान्वयन गर्ने क्रममा प्रत्येक वर्ष सांस्कृतिक प्रतियोगिता र अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
प्रतिनिधिमण्डलले भेटमा काठमाडौँको रानीपोखरी पुनर्निर्माणको लागि भक्तपुर नगरपालिकाबाट आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराई सहयोग गरिदिन आग्रह ग¥यो । भनपाले परम्परागत शैलीमा गरेको भाज्यापोखरी पुनःनिर्माण कार्यको स्थलगत निरीक्षणको लागि सो टोली आएको हो ।
भेटमा काठमाडौं महानगरपालिकाका वडा नं. १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, २७ का वडाध्यक्ष चिनिया बज्राचार्य र २८ का वडाध्यक्ष भाइराम खत्री र भनपाका वडा नं. १, ७, ८, ९ का वडाध्यक्षहरू क्रमशः श्यामकृष्ण खत्री, उकेश कवां, महेन्द्र खायमली र रवीन्द्र ज्याख्व तथा काठमाडौँ रानीपोखरी पुननिर्माण उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थिति थियो ।
Leave a Reply