भर्खरै :

बाल विकासमा अन्तरक्रिया

भक्तपुर, १५ चैत । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ बाल विकास एकाइ समितिको आयोजनामा शुक्रबार ‘पत्र साहित्यमा रोहित’, ‘विश्वका क्रान्तिकारी महिलाहरू’, ‘चीनविरूद्ध संरा अमेरिकी व्यापार युद्धबारे’ पुस्तकको अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले चीनको उदयीमान अर्थतन्त्र र उन्नति देखेर यसलाई रोक्न सकिन्छ कि भनी अमेरिकाले चीनविरूद्ध व्यापार युद्ध लाद्न खोजेको तर यो युद्धले अमेरिकालाई नै रसातलमा पु¥याउने बताउनुभयो ।
उहाँले विश्वका क्रान्तिकारी नेता तथा नेतृको जीवनीबारे चर्चा गर्दै नेपालका आपूmलाई कम्युनिष्ट भनाउने ठूला दलका नेताहरूको जीवनशैली हेर्दा उनीहरू कम्युनिष्टका नाममा ठग र कलङ्क भएको प्रस्ट पार्नुभयो ।
उहाँले निरन्तरको अध्ययनविना अहिलेको युगमा विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन नसकिने भएकोले शिक्षकहरूले नयाँ कुराको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षक–शिक्षिकाहरू सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, विशाल राजचल, पुनेन्द्रप्रसाद कुसी, जयराम कोजू, उद्धव कोण्डा, रवि प्रजापति, सुलोचना छ्वाजू, मनिषा श्रेष्ठ, देवकी श्रेष्ठ, इन्दिरा बासुकला, गङ्गा वैद्य, सृजना प्रजापति र अनु सितिखूले विभिन्न पुस्तकहरूका बारेमा आ–आफरनो अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *