मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
प्रेम के निडर
साँढेहरूले पहिले पनि दुःख दिने गर्दथे । हिजोआज झन् बढी दुःख दिन थालेका छन् । मानांै उनीहरूलाई पनि लोकतन्त्र आएछ । साँढेले लुट्यो , तर्सायो अनि बिगार्यो भनेर कसलाई भन्ने ? कानुनले नै छाडेका साँढेहरू परे ।
लुटेर तन्न खाएर आएको एउटा खैरो साँढेले नजिकैको कालो साँढेलाई भन्यो “जिन्दगी त हाम्रै हो है ! जहाँ मन लाग्यो गयो, खायो, लुट्यो बिगार्यो । क्या मज्जा । कसैले केही भन्दैनन् । साँच्चै मान्छेहरू किन छाडा साँढे छाडा मान्छे भन्यो कि त्यत्तिकै तर्सेको ?”
“छाडा भनेपछि कसैको दया माया नभएकाहरू हुन् । हरामीदेखि दैव पनि डराउँछ भनेर त्यत्तिकै भनेको हो र ? तर मान्छेको हातमा नपरुञ्जेल हो । परेपछि थाहा हुन्छ मान्छेको रिस कस्तो छ ?” कालोले सम्झाउन खोज्यो ।
“खै त हामी कति बिगार्छांै, लुटेर खान्छौँ । तैपनि हामीलाई केही गर्दैनन् ।”खैरोले फेरि मानिसको कायरता औंल्यायो ।
“हामीदेखि किन डराएको थाहा छ ? हामी त महादेवको वाहन हो रे नि त । त्यो पनि देवादीदेव महादेवको वाहन । ठूला राजनीतिक पार्टीका साँढेहरूलाई त केही गर्न सकेन भने हामीलाई के गर्नसक्छन् र ? ”कालोले पूmर्तिका साथ भन्यो ।
दुई साँढेहरू आपसमा महादेवको वाहन भनेर कुरा गर्दै आएको सुनिरहेका दुईजना मानिसलाई रिस उठ्यो । आफ्नो बारी बिगारेकोमा त्यत्तिकै रिसाएका थिए तिनीहरूलाई । त्यसमाथि साँढेहरूकोे पूmर्ति देखेर रिस थाम्न सकेनन् । खर्पनको नोल निकाले र लघारी लघारी पिट्दै लखेट्न थाले ।
भाग्दै गएका साँढेहरू धेरै पर पुगेपछि फर्केर हेर्यो । लखेट्दै आएका मानिसहरू नदेखेपछि लामो सास फेर्दै खैरोले भन्यो “धन्य बच्यौं । भाग्ननसकेको भए मार्थे ।”
डरले काम्दै कालोले पनि भन्यो “ देख्यौ होइन मानिसको रिस ? पहिला पहिला यसो अबिर अलिकति पोखेको देख्यो कि भगवान हो कि भनेर तर्सेर नमस्कार गर्ने मानिसहरू हिजोआज देवी देवता र भूतप्रेत पनि मान्न छोडे ।”
खैरोले पनि डराउँदै भन्यो, “अब त हामी पनि सतर्क हुनुपर्ने भो । मानिसलाई रिस उठाउने काम गर्यो कि देवादिदेव महादेवलाई पनि बाँकी राख्ला जस्तो छैन ।”
Leave a Reply