युद्धको अमेरिकी धम्कीबिच प्रजग कोरियाद्वारा दोस्रो विध्वंसक युद्धपोत तैनाथ
- भाद्र २२, २०८३
स्तालिनको जन्म सन् १८७८ मा गोरीमा भएको थियो र सन् १९५३ मा निधन भएको थियो । त्यो क्षेत्र आज जोर्जियामा पर्दछ । सन् १९९१ मा सोभियत संघ विघटन भए पछि जोर्जियाले युरोप र संरा अमेरिकासँग निकटको सम्बन्ध विकास ग¥यो ।
जोर्जियामा कम्युनिष्ट पार्टीहरु त्यत्ति ठूला छैनन् । जोर्जिया मस्कोको प्रभावबाट टाढा जान चाहिन्छ र नाटो तथा युरोपेली संघमा आबद्ध बन्न चाहन्छ । सन् २०११ मा पारित भएको एउटा कानुनअनुसार सोभियतकालीन धेरै स्मारक र प्रतीकहरु आज हटाइएका छन् जोर्जियाको कम्युनिष्ट इतिहास झल्काउने कुनै पनि शहरको नाम परिवर्तन गरिएको छ ।
तर सानो समूहमा भए पनि केही सोभियत संघका कटट्र समर्थकहरु अझै पनि आफ्नो आस्थामा दृढनिश्चयी छन् । उनीहरुमध्ये धेरै त उमेर पुगेका छन् । उनीहरुले सोभियत संघको औद्योगिकीकरण गर्न र दोस्रो विश्व युद्धमा नाजी जर्मनलाई पराजीत गर्न स्तालीनको भूमिकामा जोड दिने गरेका छन् ।
आउनुहोस् पूँजीवादी जर्जियामा स्तालीनप्रतिको आस्था जोगाएर बसेका केही मानिसहरुसँग भेटौं ः
ओल्गा दानिला, ६२ वर्षकी अवकाश प्राप्त लेखापाल आफ्नो शहरको कम्युनिष्ट पार्टीकी नेतृ हुन् । 
‘उनी आफ्ना जनतालाई माया गर्नुहुन्थ्यो । बुढापाका मानिसहरुबीच उनी निकै लोकप्रिय छन् किनभने ती मानिसहरुको जीवनमा उनको भूमिका ज्यादै महत्वपूर्ण थियो । त्यत्तिबेला सामानको मूल्य निकै सस्तो थियो, तलब धेरै हुन्थ्यो । आजकलका केटाकेटीलाई यो कुराको कुनै हेक्का छैन ।’, ८६ वर्षका अवकाश प्राप्त इन्जिनियर गुराम कर्दानाखिभिल्लीले भने ।

दुर्भाग्यवश आजभोलि स्तालीन त्यत्ति चर्चित छैनन् । हाम्रा जनता उनलाई सम्मान गर्दैनन् । कम्युनिष्ट पार्टीका सदस्यहरु मात्र उनलाई सम्मान गर्छन् ।’, अवकाश प्राप्त ७० वर्षका भासिली सिदामानोजेले भने जसले आफ्नो घरमा स्तालीनको विशाल तस्वीर झुण्ड्याएका छन् ।

‘स्तालीनले संसारलाई फासीवादबाट जोगाए । उनी जनतालाई माया गर्थे । उनको शासनमा कोही पनि बेरोजगार थिएनन् । हामीले निःशुल्क शिक्षा पाएका थियौं र स्वास्थ्य उपचार निःशुल्क हुने गथ्र्यो । उनी महान मानिस थिए’, ८६ वर्षका अवकाश प्राप्त चालक उसान्गी दाभितास्भिल्लीले भने ।

‘म आफ्नो सम्पूर्ण जीवन स्तालीनको समर्थक रहे । तर कुनै बेला मैले लगभग आफ्नो धारणा परिवर्तन गरिसकेको थिएँ । त्यो समय सोभियत कम्युनिष्ट पार्टीको २० महाधिवेशनको समय थियो, जतिबेला निकिता ख्रुश्चेभले जोसेफ स्तालीनको व्यक्तिपुजाको विरोध गरेका थिए । पछि आएर थाहा पाएँ स्तालीनबारे उनले भनेका कुरा गलत रहेछ ।’, ८७ वर्षका लेभान गोगान्जेले भने ।

नाझी स्तेफानिसभिल्लीको गोरीस्थित पुख्र्यौली घरको एउटा सानो कोठाभरि जर्जियाका सबैभन्दा लोकप्रिय छोरा जोसेफ स्तालीनका तस्वीर, चित्रहरु र किताबहरुले भरिएको छ । ‘हरेक बिहान म स्तालीनलाई शुभप्रभात भन्न त्यो सानो कोठाभित्र पस्ने गर्छु । … स्तालीनको जन्म र निधनमा आयोजनामा हुने हरेक कार्यक्रममा म सहभागी बन्ने गरेको छु ।’, उनले भनिन् ।

‘मलाई थाहा छैन कतिजनाले हामीलाई समर्थन गर्छन् तर जर्जियाका सबै क्षेत्रमा हाम्रा कार्यालयहरु छन् ।’, एकीकृत जर्जिया कम्युनिष्ट पार्टीका नेता ७७ वर्षका ज्युली सिक्मासभिल्ली(बीचमा)ले भने । ३० लाख ७० हजार जनसंख्या भएको जर्जियाको सानो नगरमा क्रियाशील धेरै पार्टीहरुमध्ये एकीकृत कम्युनिष्ट पार्टी पनि हो । ‘दुःखको कुरा युवाहरु हाम्रो पार्टीमा सामेल हुन चाहँदैनन् । त्यसकारण हाम्रा अधिकांश सदस्यहरु बुढापाकाहरु छन् ।’

४० वर्षकी दुई सन्तानकी बेरोजगारी आमा नातिया बाबुनास्भिल्ली जर्जियाको राजधानी तिब्लिसमा बस्छिन् । उनी कम उमेरका स्तालीन समर्थकहरुमध्येमा पर्छिन् । उनी आफ्ना किशोर छोराछोरीलाई सोभियत युगबारे कुरा सुनाउँछिन् । ‘सोभियत जर्जियाको एक क्षेत्रका पार्टी प्रमुख थिए मेरा पिता । मलाई सानो उमेरदेखि नै स्तालीनलाई माया गर्न सिकाएका थिए बुवाले । ’उनले भनिन् ।,‘म मेरा केटाकेटीलाई मेरो बाल्यकालबारे सुनाउने गर्छु । त्यत्तिबेलाको जीवन कति सुखमयी थियो । सोभियत संघको जीवन कति सुखद् थियो ।’

स्रोतः टेलिसुर
Leave a Reply