छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
भक्तपुर, १८ चैत । भक्तपुर नगरपालिका वडा नं. २ स्थित औद्योगिक क्षेत्र स्थानान्तरण र सडक कालोपत्र गर्ने सम्बन्धमा स्थानीय जनताले भक्तपुर जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टमार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाए ।
स्थानीय बासिन्दाबाट बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा औद्योगिक क्षेत्र स्थापनाको समयमा भए गरेका जनतालाई रोजगारी, स्थानीय स्रोत, साधन, सीप तथा हस्तकलामा आधारित घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने लक्ष्यअनुसार नभएको, आ.व.२०७२÷०७३ को बजेट वक्तव्यअनुसार काठमाडौं उपत्यकाबाट औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार उक्त स्थानलाई स्थानान्तरण गरी ध्वनि, धुँवा र रसायन प्रदूषणमुक्त गर्न माग गरिएको उल्लेख छ ।
पत्रमा भक्तपुर औद्योगिक क्षेत्रको बाटो भक्तपुर दरबार क्षेत्रसँग जोडिएको बस्तीको बीचमा रही सो सडकबाट दैनिक हजारौँ मानिस आवतजावत गर्ने, नवदुर्गा नाच हुने उक्त सडक हिलाम्य र धुलाम्य भई आवतजावतमा असजिलो भएकोले पीच गर्नुपर्ने उल्लेख छ ।
स्थानीय राजन जतिको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त ध्यानाकर्षण पत्र भक्तपुर नगरपालिका, औद्योगिक व्यवस्थापन, वडा कार्यालय र सशस्त्र प्रहरी बल भक्तपुरलाई बोधार्थ दिएको थियो ।
Leave a Reply