मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाडाँै, १८ चैत । दोस्रंो अधिवेशनको अवधिमा २०७५ भदौ महिनामा सांसद प्रेम सुवालले गृहमन्त्री रामबहादुर थापा र संस्कृतिमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग सोध्नुभएको प्रश्न र सोको लिखित जवाफ यसप्रकार छन् ः
गृहमन्त्रीसँगको प्रश्न र लिखित जवाफ
प्रश्नः संवत् २०४० सम्म नेपाल–भारत सीमास्तम्भ महाकाली नदीको बीचमा रहेको र सो सीमास्तम्भ वरिपरि स्थानीय गगनसिंह कार्कीले गाईवस्तु चराएको बताएका छन् । हाल भारतले सीमास्तम्भको दुई सय मिटर वर नेपाली भूभाग ब्रह्मदेव बजारसम्म सडक बनाएको विषयमा सरकार किन मौन छ ?
उत्तरः सीमा व्यवस्थापन सम्बन्धमा विसं २०७४ देखि नै Joint Survey Team ले कार्य गरिरहेको छ । हालसम्म GPS Point FIX भएको छ । Joint Survey Team मार्फत सीमा समस्या हल हुने र सोही सर्भेको आधारमा थप सीमा स्तम्भ निर्माण गर्ने योजना छ ।
टनकपुर पुलबाट ब्रह्मदेव बजारसम्म रहेको टनकपुर–ब्रह्मदेव जोड्ने लिड्ढरोडलाई चौडा पार्ने क्रममा नेपालतर्फको १५० मि. क्षेत्रमा काम हुन लागेकोले यस कार्यलाई हाल स्थानीय प्रशासनले रोकेको छ ।
(टिप्पणी–नेपाली भूमिमा भारतीय एसएसबीले टनकपुर–ब्रह्मदेव जोड्ने सडक निर्माणलाई नेपालतर्फबाट रोक्ने काम भएको दाबी गरियो । तर, सो क्षेत्रमा कञ्चनपुर नगरपालिकाले सडक बनाउन खोज्दा भारतले रोक लगाएको बारे सरकार मौन छ । यसले सिंहदरबारमा नेकपाको ओली–दाहालको सरकार भए पनि नेकाको सरकारजस्तै निरीह भएको पुष्टि हुन्छ ।)
प्रश्नः भूकम्प, बाढी, पहिरो र डुबानको कारण जोखिममा परेका ६०० बस्ती स्थानान्तरण गर्नेबारे सरकारले के कति तयारी गर्दैछ र भूकम्प पीडितहरूको पुनःस्थापना कार्य कहिलेसम्म सम्पन्न हुन्छ ?
उत्तरः विपद्मा परेका जनताको राहत, उद्धारको कार्यमा मन्त्रालयले तदारुकताका साथ कार्य गरिरहेको छ । पीडितको तत्काल सुरक्षित स्थानान्तरण गर्ने गरिएको छ । बसोबासको स्थायी स्थानान्तरण बहुआयामिक विषय भएकोले अन्तरनिकाय गत समन्वयको लागि छलफल भइरहेको छ । भूकम्पपछिको पुनःनिर्माणको वर्तमान अवस्था, योजनालगायत विषय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्बन्धित छ ।
(टिप्पणी–राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्रमअन्तर्गत राखिएको छ । देशभरिका नौ लाख भूकम्प पीडितमध्ये एकतिहाइले पनि घर बनाएका छैनन् भने ते¥ह सय पीडितले मात्र दुई प्रतिशत व्याजदरको सहुलियत घर पुनःनिर्माण कर्जा पाए । भक्तपुरको जोखिम क्षेत्रमा परेका पीडितहरूको बस्ती स्थानान्तरण गरिएको छैन ।)
सङ्घीय मामिला मन्त्रीसँगको प्रश्न र लिखित जवाफ
प्रश्नः सरकारी कर्मचारी वर्षको ५ हजार विदेश भ्रमणमा गएको र यसका लागि सरकारी कोषबाट २ अर्ब खर्च भएको तथा २५ हजार सरकारी कर्मचारीलाई कामविहीन अवस्थामा राखिएको कारण के होला ?
उत्तर ः यो प्रश्नको जवाफ हालसम्म प्राप्त भएको छैन ।
Leave a Reply