मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– सिद्धराज भट्ट
धनगढी, १८ चैत । कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमार्फत उखु खेतीको क्षेत्र विस्तार गर्न सम्बन्धित क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई अनुदानमा बीउ वितरण गरिएको मन्त्रालयका उपसचिव खगेन्द्र शर्माले जानकारी दिनुभयो ।
वर्षायाममा हरेक वर्ष कैलाली र कञ्चनपुरमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने गरेको छ । उखु खेती क्षेत्र विस्तार कार्यक्रमले बाढी र डुबानबाट जोगिन टेवा पु¥याउने, कृषकको आयआर्जन बढ्ने र आवश्यक परिमाणमा उखु पाउन नसकिरहेका चिनी उद्योगलाई उखुको उपलब्धता हुने उहाँले बताउनुभयो ।
मन्त्रालयले कैलालीका कैलारी गाउँपालिका र भजनी नगरपालिका, कञ्चनपुरको पुनर्वास, लालझाडी, शुक्लाफाँटा, बेलौरी र कृष्णपुर नगरपालिका क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई झण्डै ६११ बिघा जग्गामा पुग्ने ३९ हजार ७०१ क्वीन्टल उखुको बीउ वितरण गरेको हो ।
सो कार्यक्रमका लागि मन्त्रालयको रु. एक करोड १९ हजार बजेट विनियोजन गरिएको थियो । उखु खेती गर्ने किसानलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मर्सी क्रोप्स नेपालले मल औषधिलगायतको प्राविधिक सहयोग गरिरहेको जनाइएको छ ।
स्थानीयरूपमा उत्पादन भएको उखुको गुणस्तरीय बीउ नै किसानलाई वितरण गरिएको छ । स्थानीय क्षेत्रमा उत्पादित बीउ वितरण गरिएबाट बीउ उत्पादक सम्बन्धित कृषकले उचित मूल्य पनि पाएका छन् । कैलारी गाउँपालिकाका बीउ उत्पादक किसान भागीराम चौधरीले उखुलाई बीउको रुपमा बिक्री गर्दा उचित मूल्य पाएको बताउनुभयो ।
Leave a Reply