नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
ट्युनिस, १ अप्रिल । अरब नेताहरूले गोलान हाइटलाई इजरायली भूमिको मान्यता दिने संरा अमेरिकी निर्णयको कडा विरोध गरेका छन् । ट्युनिसियाको राजधानी ट्युनिसमा आइतबार सम्पन्न भएको अरब लिगको तीसौं शिखर सम्मेलनमा अरब नेताहरूले सो निर्णयको विरोध गरेका हुन् ।
अरब लिगका नेताहरूले जारी गरेको वक्तव्यमा सोसम्बन्धी विरोध पत्र संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्लाई बुझाउने र अन्तर्राष्ट्रिय न्याय अदालतसमक्ष राय माग्ने उल्लेख छ । संरा अमेरिकाको निर्णयको वैधताबारे न्याय अदालतमा राय माग्न लागिएको हो ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सिरियाली भूमि गोलान हाइटमा इजरायली सार्वभौमिकता लागू हुने भनी गरेको निर्णय यो वर्षको अरब लिगको शिखर सम्मेलनको प्रमुख एजेन्डा बनेको थियो । संरा अमेरिकी निर्णयको विरोध गर्नेमा अरब नेताहरू एकै ठाउँमा उभिएका छन् । तर, सिरियालाई अरब लिगको पुनः सदस्य बनाउने वा नबनाउने विषयमा भने अरब नेताहरूबीच मतभेद रहँदै आएको छ ।
उत्तरी इजरायलमा कुनै बेला हमला गर्न कुनै बेला प्रयोग भएको रणनीतिक महत्वको टार गोलान हाइट सिरियाको भूमि भएको अरब लिगका नेताहरूको प्रस्ट मत छ ।
गएको मार्च २५ मा डोनाल्ड ट्रम्पले गोलान हाइटमा इजरायली सार्वभौमिकताबारे निर्णय गरेको हो । सो निर्णयलाई मध्यपूर्वमा संरा अमेरिकी नीतिमा परिवर्तनको रुपमा लिइएको छ । इजरायलको सुरक्षालाई ध्यानमा राखी गोलान हाइटमा इजरायली सार्वभौमिकता मान्नु उपयुक्त हुने ट्रम्पको निर्णयमा उल्लेख छ ।
इजरायली राष्ट्रपति नेतान्याहुले ट्रम्पको सो निर्णयको स्वागत गरेको छ । “इतिहासमा राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तो महान साथी कहिल्यै पाएका थिएनौं ।”, उनले भनेका थिए ।
सिरियाले भने सो कदमलाई आफ्नो सार्वभौमिकता र भूअखण्डतामाथि खुला हमलाको रुपमा प्रतिक्रिया जनाएको छ ।
रुसले पनि संरा अमेरिकी विदेशसचिवलाई फोन गरेर सो निर्णयप्रति आपत्ति जनाएको छ । टर्कीको विदेशमन्त्रीले पनि ट्रम्पको सो निर्णयप्रति खेद जनाएका छन् ।
इजरायलले सन् १९६७ मा भएको तेस्रो मध्यपूर्वी युद्धमा गोलान हाइटमाथि कब्जा जमाएको थियो । सन् १९८० मा उसले सो भूभागलाई आफ्नो भूभाग घोषणा गरेको थियो । तर, अन्तर्राष्ट्रिय समुदायले सो कदमलाई मान्यता दिएको थिएन ।
सन् १९८१ को डिसेम्बरमा संरा सङ्घीय सुरक्षा परिषद्को निर्णय ४९७ ले इजरायलले गोलान हाइटमाथि गरेको नियन्त्रण अवैधानिक भएको घोषणा गरेको थियो ।
Leave a Reply