भर्खरै :

श्रमजीवी साकोसको बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर, १८ चैत । श्रमजीवी बचत तथा ऋण सहकारी संंस्था लि.को २१ औँ स्थापना दिवसको अवसरमा संस्थाका पूर्व सल्लाहकार स्व. चन्द्रनारायण शुद्धकार स्मृति ‘दोस्रो श्रमजीवी खुला फिडे रेपिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता– २०७५’ को भक्तपुर नपा वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले सोमबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष सुवालले श्रमजीवी साकोसले आर्थिक कारोबारको साथै खेलकुद र सामजिक कार्य गरिरहेकोमा खुसी व्यक्त गर्दै बुद्धिचाल प्रेमीहरूलाई उत्साह हुने गरी बुद्धिचाल प्रतियोगिता गरेकोमा सराहना गर्नुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान सञ्चालक समितिका सदस्य सुरेन्द्रप्रसाद दुवाल, भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष निरञ्जन प्रजापति र नेपाल बुद्धिचाल सङ्घका महासचिव हेराकाजी महर्जन, युवा तथा समाज कल्याण उप–समितिको संयोजक लक्ष्मीनारायण कुसाथालगायतले प्रतियोगिता सफलताको कामना गर्नुभयो ।
संस्थाका अध्यक्ष गणेशलाल फोजुको सभापतित्वमा भएको प्रतियोगितामा ११ जिल्लाका ३९ जना खेलाडीहरू र ६ वटा सहकारी सङ्घ संस्थाबाट खेलाडीहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *