मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
खलङ्गा, १९ चैत । जुम्लाको पातारासी गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरूले गुनासो गरेका हुन् ।
एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छे फरकफरक भाडा लिएको स्थानीय दिजराज रेउलेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल पुगेपछि कति भाडा दिएका थियौ भनी मैले मेरा गाउँका शुकबहादुर रावतलाई सोधें, उनले रु. १ हजार ५०० दिएको बताए, मैले रु. २ हजार तिरेँ ।” जनताको सेवाका लागि ल्याइएको एम्बुलेन्सले एकै ठाउँबाट फरकफरक भाडा असुल्दा यहाँका स्थानीयवासी मारमा परेको रेउलेले बताउनुभयो ।
भाडामा एकरुपता कायम गर्न गाउँपालिकालाई आग्रहसमेत गरेका छन् । गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले ठाउँअनुसारको निश्चित भाडा तोकिएको बताउनुभयो । तोकिएभन्दा बढी भाडा असुलेको पाएमा कानुनी कारबाही गरिने उहाँले बताउनुभयो ।
Leave a Reply