अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २१ चैत । आधारभूत विद्यालय समिति भक्तपुरको बीसौँ साधारणसभा बिहीबार सम्पन्न भयो ।
सभामा नगर शिक्षा समितिका सदस्य एवम् भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले तालिम प्राप्त शिक्षक, भौतिक पूर्वाधार यथोचित उपलब्ध भएर पनि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुनु चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयलाई जीवन्तता दिन शिक्षकहरूले मेहनत गर्नैपर्छ । हरेक अभिभावकले आफ्ना छोराछोरीको उज्ज्वल भविष्यको अपेक्षा राख्ने भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको तड्कारो आवश्यकता हो ।”
समितिका संस्थापक सदस्य पुष्पलाल सुजखूले समिति स्थापनाको औचित्यबारे प्रस्ट पार्नुभयो ।
समितिका अध्यक्ष सूर्यबहादुर फोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिपक माक, गणेशराम थुसालगायतले बोल्नुभएको थियो ।
साधारणसभाबाट तुल्सीराम ग्वाछाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको छ ।
Leave a Reply