नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
काराकस, ५ अप्रिल (टेलिसुर÷प्रेस टीभी) । संरा अमेरिकाले भेनेजुयाली सरकारमाथि दबाब सिर्जना गर्न थप प्रतिबन्धहरू घोषणा गरिरहँदा भेनेजुयालाको राष्ट्रिय संविधानसभाले सरकारले प्रस्तुत गरेको राष्ट्रिय योजना (२०१९–२०२५) पारित गरेको छ ।
राष्ट्रपति निकोलस माडुरोेले आफ्नो दोस्रो कार्यकालको नीति तथा कार्यक्रमका रूपमा उक्त योजना त्यहाँको संसद्को समेत कार्यभार ग्रहण गरेको राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको हो । उक्त योजना देशभर जनताको सभा र अन्तरक्रियाहरूबाट प्राप्त सुझावका आधारमा तयार गरिएको थियो । होमल्याण्ड प्लान भनिएको उक्त योजनामा घरविहीनहरूका लागि बोलिभारियाली आवास योजनाले घर बनाइदिने र त्यस्तो घरको सङ्ख्या ५० लाख पु¥याउने, विभिन्न उत्पादनमूलक कार्यको नेतृत्व गर्ने ८ हजार कम्युन स्थापना गर्ने र सबै वृद्ध जनतालाई समेट्ने गरी निवृत्तिभरण प्रणाली विस्तार गर्ने महत्वाकाङ्क्षी परियोजनाहरू समेत रहेका छन् ।
राष्ट्रिय संविधानसभामा योजना पेश गर्दै राष्ट्रपति माडुरोले भन्नुभयो –“हामी बोलिभारियालीवादीहरू, क्रान्तिकारीहरू, देशभक्तहरू र चाभेजवादीहरू हामी सबैको एउटा साझा योजना र विधि छ । हाम्रो योजनाको विस्तृत प्रणालीको निरन्तरताले हामीले आजसम्मका उपलब्धि हासिल गरेका हौँ र यसैले नै हामीलाई थप प्रगतितिर उन्मुख गराउने छ ।”
आफ्नो मन्तव्यका क्रममा माडुरोले देशको विकास र उल्लेख्य प्रगतिका लागि युवाहरू, समुदायहरू र देशका सबै क्षेत्रका मानिसहरूको सहभागितामा जोड दिनुभयो ।
प्रस्तुत योजनामा पाँच ऐतिहासिक उद्देश्यहरूलाई दूरगामी लक्ष्यका रूपमा ३२ वटा राष्ट्रिय उद्देश्यहरू समावेश गरिएका छन् ।
उक्त पाँच ऐतिहासिक उद्देश्यमा राष्ट्रिय स्वाधीनता, वातावरण संरक्षणको विषय, बोलिभारियाली समाजवाद, ल्याटिन अमेरिकामा भेनेजुयलाको स्थान, अन्तर्राष्ट्रिय भू–राजनीतिक र बहुध्रुवीय विश्वको अवधारणालाई बढावा रहेका छन् ।
यसैबीच अमेरिकी प्रतिबन्धहरू कडा रूपमा लागू हुँदाहुँदै पनि मार्च महिनामा भेनेजुयलाको तेल उत्पादन र निर्यातमा कमी नआएको त्यहाँको राष्ट्रिय तेल उत्पादन कम्पनी–पीडीभीएसएले जनाएको छ ।
भेनेजुयलाको तेल उत्पादन र निर्यात थप्प पार्ने उद्देश्यले अमेरिकी सरकारले पीडीभीएसएको बाह्य कम्पनी सित्गोलगायत अमेरिकी तेल आयात तथा व्यापार कम्पनीहरूमाथि भेनेजुयलाबाट तेल आयात गर्न नपाउने प्रतिबन्ध लगाएको छ । साथै विद्युत् उत्पादन र वितरण प्रणालीका कम्प्युटरहरूमाथि साइबर हमला गरेर भेनेजुयलाको विद्युत् वितरण प्रणालीलाई केही हप्तासम्म अवरूद्धसमेत पारेको छ ।
तर भेनेजुयाली सरकार र प्राविधिज्ञहरूले क्रमशः आफ्नो देशको विद्युत् उत्पादन र वितरण प्रणाली पुनःस्थापना गरिरहेका छन् ।
Leave a Reply