तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २३ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले पुँजीवादी व्यवस्थामा उत्पादनका साधनहरू शोषणका आधार हुने भएकोले यो व्यक्तिको नभई राज्यको हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा चित्तपोलमा भएको भेला कार्यक्रममा उहाँले आजसम्मका सरकारले कमिसन खानकै निम्ति वैदेशिक रोजगारका नाममा युवाशक्तिको दलाली गरिरहेको र सरकारको काम देशलाई आत्मनिर्भर बनाउनुभन्दा परनिर्भर बनाइरहेको बताउनुभयो ।
युवाशक्ति सचेत सङ्गठित र सशक्तरूपले तयार भएका देशहरू कुनै पनि शक्तिराष्ट्रसामु झुक्न नपरेको अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्दै उहाँले देशको सार्वभौमिकता र स्वाधीनताको रक्षाको लागि सदैव तयार रहनुपर्छ भन्नुभयो । महँगी, भ्रष्टाचार र कुशासनविरुद्ध जनतालाई सचेत पार्ने जिम्मेवारी युवा विद्यार्थीहरूको भएकोले सो कार्यमा लाग्न पनि उहाँले अनुरोेध गर्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले स्थानीय निकायमा भइरहेको विकास निर्माणमा भ्रष्टाचार र कमिसनको गन्ध आइरहेको, नागरिकतासम्बन्धी खुकुलो नीतिका कारण वास्तविक नेपालीहरू अल्पमतमा पर्नसक्ने सम्भावना रहेको तर्फ इङ्गित गर्दै नेपाल कतै भारतको कब्जामा जाने त होइन भन्ने शड्ढा व्यक्त गर्नुभयो ।
भेलामा युवा सङ्घ जिल्ला समितिका सुरेश बखुन्छेँ र विष्णुप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply