मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २३ चैत । सुकुलढोका सामूहिक साकोसको संस्था विकास तथा प्रवद्र्धन उपसमितिको आयोजना तथा सोसियल सेफ्टी फायर फाइटर एण्ड रेस्क्यु सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा आगो व्यवस्थापन र आगलागी नियन्त्रणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर न.पा. वडा नं. ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यले कार्यक्रमको उद्घाटन गर्दै प्रशिक्षणबाट भक्तपुर नगरका जनताले आगो व्यवस्थापन र नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अग्नी नियन्त्रक तथा सोसियल सेफ्टी फायर फाइटर एण्ड रेस्क्यु सेन्टर काठमाडौँका अध्यक्ष अरुण आचार्यले आगोको चार प्रकार, आगो बल्न आवश्यक तीन चिजलगायत आगो निभाउने तीन तरिकाबारे जानकारी दिनुभयो ।
कार्यक्रममा जुद्धबारुण यन्त्र कार्यालय, भक्तपुरका सूचना अधिकारी विजयप्रसाद धौभडेल, संस्थापक अध्यक्ष श्यामप्रसाद मुनंकर्मी, उपसमितिका संयोजक सन्जय जोन्छेँलगायतले बोल्नुभएको थियो ।
Leave a Reply