सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
जुम्ला २४ चैत (रासस) : सिञ्जा गाउँपालिकाले यसै हप्ताबाट एम्बुलेन्स सेवा विस्तार गरेको छ । गाउँपालिकाले स्थानीयवासी बिरामी भएको अवस्थामा समयमा सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि एम्बुलेन्स सेवा विस्तार गरेको हो । गाउँपालिकादेखि करीब ५० किलोमिटर टाढा सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा विस्तार गरेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका बिरामीको समयमा उपचार नपाएर ज्यान जोखिममा हुन्छ, एम्बुलेन्स भएपछि समयमा उपचार पाउनबाट वञ्चित नहुन भनेर गाउँपालिकाले यसै हप्ता एम्बुलेन्स खरीद गरी सेवा विस्तार गरेको हो ।” नेपाल सरकारको दुई सय २० प्रतिशत कर छुटमा गाउँपालिकाले रु आठ लाख खर्च गरेर स्थानीयवासीलाई एम्बुलेन्स सेवा दिएको उहाँको भनाइ छ । बिरामी बोक्ने एम्बुलेन्स अन्य कुरामा बढी प्रयोग हुने सम्भावना भएकाले यहाँका नागरिक सचेत हुन आवश्यक रहेको अध्यक्ष रावलले बताउनुभयो ।
Leave a Reply