पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
भक्तपुर, २४ चैत । आइतबार बेलुका पारागन इङ्गलिश सेकेण्डरी स्कूलमा लागलागी भएको छ । भनपा वडा नं. ९ स्थित उक्त स्कूलको ब्लक ‘ई’ मा रहेको टहराको अफिसमा बेलुका ६ः४५ बजेतिर आगलागी भएको हो ।
आगलागीबाट कार्यालय कोठामा रहेका महत्वपूर्ण दस्तावेज, दराज, टेबुल, परीक्षाका कापी आदिको रु. ५÷६ लाख बराबरको क्षति भएको बताइएको छ । दमकल घटनास्थलमा आइपुग्नुअघि नै स्थानीय जनताको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।
पारागन इङ्गलिश स्कूलका प्रिन्सिपल पुण्यराम कवांका अनुसार बेलुका ७ः३० बजेभित्र आगलागी नियन्त्रण गरिएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
Leave a Reply