“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
कीर्तिपुर, २४ चैत । इन्द्रेणी सांस्कृतिक समाज कीर्तिपुरको आयोजनामा शनिबार कीर्तिपुरमा सहिद दिवसको अवसरमा मङ्गल माविमा सांस्कृतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
सहिद दिवसको अवसरमा भएको कार्यक्रममा सहिदप्रति समर्पित १२ वटा गीत र कविता प्रस्तुत गरिएको थियो । सहिदको तस्वीरमा माल्र्यापण र एक मिनेट मौनधारण गरी सुरु भएको कार्यक्रम इसासका सल्लाहकार रायन श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । इसास कीर्तिपुरका अध्यक्ष वीरप्रसाद भन्सारीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष दिलीप महर्जन, रामकृष्ण महर्जन र रिद्यी भन्सारीले पनि बोल्नुभएको थियो ।
ऐतिहासिक जनआन्दोलन २०४६ मा कीर्तिपुर क्षेत्रबाट चारजना सपुतहरूले प्रजातन्त्रको लागि बलिदान गरेको थियो । सहिद लनबहादुर महर्जन, राजमान माली, हिराकाजी महर्जन र राजेन्द्र महर्जनको सम्झनामा हरेक वर्ष इसासले सांस्कृतिक श्रद्धाञ्जली मनाउँदै आइरहेको छ ।
Leave a Reply