पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
काठमाडौँ, २४ चैत । सितारवादक एवम् सांस्कृतिक संस्थानकी कलाकार सीतामैया राजचललाई वल्ड बुक अफ रेकर्ड लण्डनले ‘विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवादक’ सूचीमा राखेको छ ।
शनिबार भएको सूचीकृत प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी एवम् शताब्दी पुरूष सत्यमोहन जोशी, वल्र्ड बुक अफ रेकर्डका पदाधिकारी र नेपालका वरिष्ठ सङ्गीतकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले कला–संस्कृति समाजको ऐना र विश्व भाषा भएकोले समृद्ध देश बन्न सङ्गीत कला पनि उत्कृष्ट हुनुपर्ने धारणा राख्नुभयो । आदर्श नागरिक तयार गर्न र देशको नाम उच्च राख्न सङ्गीत साधकहरूले निरन्तररूपमा साधना गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
वरिष्ठ सितारवादक ध्रुवेशचन्द्र रेग्मीले सङ्गीतको भौगोलिक सीमा नहुने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकर्मी जुगल डंगोलले सितारवादक राचजलको प्रगतिको कामना गर्नुभयो ।
सितारवादक राजचलले सितार वादनमा निरन्तर लागिरहने वचनबद्धता व्यक्त गर्नुभयो । सितारको प्रस्तुति रहेको सो कार्यक्रममा विनाता कला सदनलगायत विभिन्न सङ्घ, संस्था र पदाधिकारीहरूले राचजललाई बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply