भर्खरै :

नेमकिपा बाँकेद्वारा भ्रमपूर्ण समाचारको खण्डन

बाँके, २ चैत । चैत १ गते बाँकेको नेपालगञ्जमा भएको एमालेको जनसभामा विष्णुकान्त आचार्यलगायतले नेमकिपा छाडी एमाले प्रवेश गरेको भनी भ्रमपूर्ण समाचार छापिएकोमा नेमकिपा बाँकेद्वारा विज्ञप्ति जारी गरी खण्डन गरेको छ ।
विज्ञप्तिमा विष्णुकान्त आचार्य विगतमा नेमकिपासँग आवद्ध रहे पनि निज विगत २०७२ साल वैशाख २१ गतेदेखि कुनै पनि पार्टी बैठकमा सामेल नभएको, पार्टीलाई तिर्नुपर्ने लेवी नतिरेको र कुनै पनि जिम्मेवारी पूरा नगरेको हुनाले नेमकिपाको विधान २०४७ (संशोधनसहित) को भाग ४ दफा ९ बमोजिम कारबाही गरिसकिएका स्पष्ट पारेको छ । नेमकिपा बाँके जिल्ला समितिका अध्यक्ष बखत थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेमकिपाको कुनै पनि समितिका सदस्य र जनवर्गीय सङ्गठनका सदस्य समेत एमाले प्रवेश नगरेको स्पष्ट पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *