भर्खरै :

तराईमा गर्मीको जोखिम

काठमाडौँ, २५ चैत । विशेषगरी तराई गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ ।
गर्मीका कारण नै गत केही दिनअघि पर्सा र बारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलोपटक सम्पन्न ‘नेपालमा तातो हावा (लु) र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ सार्वजानिक गरेको प्रतिवेदनमा गर्मी बढ्ने क्रममा रहेको र देशको दक्षिणी भेगमा गर्मी रात, अग्रिम मनसुन र मनसुनको समयमा वर्षा धेरै हुनेगरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
जल तथा मौसम विभागको सहयोगमा सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क अध्ययन गरिएको थियो । तीन जिल्लाका ३१८ सहभागीलाई गरिएको अध्ययनमा ५० प्रतिशत सहभागीमा बढ्दो तापक्रमले स्वास्थ्यमा समस्या देखिएको प्रतिवेदनले आँैल्याएको छ ।
प्रतिवेदन भन्छ, “तराई गर्मीलहरको जोखिम उच्च हुँदै गएको छ । यससित जुध्न समयमै समस्या सम्बोधन हुनु जरुरी रहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *