भर्खरै :

नेमकिपा दैलेखको गुराँस गाउँ सम्मेलन

दैलेख, २५ चैत । नेपाल मजदुर किसान पार्टी गुराँस गाउँपालिकाको बा¥हौं सम्मेलन नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले चैत २३ गते उद्घाटन गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य शाहीले पार्टी कार्यकर्ताले अनुशासित रूपमा पार्टीको लक्ष्य प्राप्तिको लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी प्रकाशनको नियमित अध्ययन र पार्टीको विचार जनतासम्म पु¥याउने पार्टी कार्यकर्ताको दायित्व भएको बताउनुभयो ।
केन्द्रीय सदस्य शाहीले भेनेजुयलामा संरा अमेरिकी साम्राज्यवादले गरेको हमलाको संसारभरका साम्राज्यवादविरोधी शक्तिहरूले विरोध गरिरहेको र अमेरिकी साम्राज्यवाद क्रमशः कमजोर बन्दै गएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले कार्यकर्ता सैद्धान्तिक र वैचारिक रुपमा तयार नभएसम्म कुनै पनि पार्टीले प्रगति गरेको मान्न सकिन्न भन्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मी विकले पुँजीवादी व्यवस्था कामदार जनताको लागि नर्क हो भने समाजवादी व्यवस्था स्वर्ग हुने धारणा राख्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका कोषाध्यक्ष खगेन्द्रबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमबहादुर गुरुङ, नेमकिपा दुल्लुका पूर्णप्रसाद भट्टराई, गगन वीसी, तुलसी कठायतलगायतले सम्मेलन सफलताको कामना गर्नुभयो । नेमकिपा गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ्ग शाहीको सभापतित्वमा भएको कार्यक्रममा दानबहादुर गुरुङले पनि बोल्नुभएको थियो ।
गुराँस गाउँपालिकामा चैत २३ गते आयोजित विद्यार्थीहरूको भेलाले तुफान वीसीको अध्यक्षतामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ गुराँस गाउँपालिका समिति गठन ग¥यो । भेलामा नेक्राविसङ्घका केन्द्रीय सदस्य तुलसी कठायतले विगतको सङ्घर्षबाट सिकेर युवा–विद्यार्थीले समाजवादी आन्दोलनलाई अझ अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
डुङ्गेश्वरमा भेला
डुङ्गेश्वर गाउँपालिकामा नेमकिपाका स्थानीय कार्यकर्ताहरूको भेला भयो । भेलामा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य जगत ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी दिनुभयो ।
कार्यक्रममा मिमबहादुर अर्याल, वमबहादुर शाही, हिरामणि न्यौपाने, डिल्ली न्यौपाने, मिनबहादुर पौड्याल, अतिराम न्यौपाने र बिन्दुलाल रेग्मीलगायतले बोल्नुभएको थियो ।
चामुण्डा बिन्द्रासैनीमा अन्तरक्रिया
नेमकिपा चामुण्डा बिन्द्रासैनीको आयोजनामा ‘चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले चीनमाथिको व्यापार युद्धले संरा अमेरिकाको नियत उदाङ्गिएको धारणा राख्नुभयो । हिजो बजार विस्तारको लागि भूमण्डलीकरणको चर्को कुरा गर्ने संरा अमेरिका आज आफैं व्यापार संरक्षणवादको पक्षमा उभिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा निरकबहादुर शाही, इन्द्रप्रसाद चौलागाई, दीपकबहादुर शाही, टेकप्रसाद चौलागाई, अर्जुन विक, पदमबहादुर शाही, शिवराज जैसी, कटक खड्कालगायतले पुस्तकबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *