गैरदलीय स्थानीय तहको निर्वाचन गर्ने विषय अनुपयुक्त
- असार १४, २०८३
काठमाडौँ, २६ चैत (रासस) ः बारा र पर्सामा जनधनको क्षति हुने गरी आएको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थलगत रुपमा गरेको अध्ययनबाट यही चैत १७ गते आइतबार साँझ आएको हुरी टोर्नाडो भएको पाइएको हो । विभागले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई स्थलगत रुपमा गरिएको अध्ययन प्रतिवेदन बुझाएको छ । विभागका महानिर्देशक सर्जुकुमार वैद्यले स्थलगत रुपमा पाइएको तथ्य र अन्य प्रमाणका आधारमा सो दिन आएको हुरीको गति ५० किलोमिटरदेखि २०० किलोमिटर प्रतिघण्टा बराबरको रहेको मन्त्री पुनलाई जानकारी गराउनुभएको थियो । वर्षा, हिमपात तथा तापक्रमको मात्रै मापन तथा अनुमान गर्दै आएको विभागले हुरीको विषयमा भने कुनै जानकारी नै राखेको थिएन । हुरीको बारेमा अनुमान गर्न नसक्दा बारा र पर्साका २८ जनाको ज्यान गएको थियो । यस्तै ६०० बढी घाइते भएका थिए । पशुचौपाया, अन्नपातमा समेत क्षति पुगेको थियो । विभागको स्थलगत अध्ययनअनुसार हुरी पर्साको जगतपुरबाट शुरु भई बाराको बैरियामा पुगेर टुङ्गिएको थियो । स्थलगत अध्ययन प्रतिवेदन बुझ्दै मन्त्री पुनले विभागलाई साधन र स्रोत सम्पन्न बनाउन तत्काल पहल गरिने बताउनुभयो । ‘नेपालीको स्वभाव परेपछि मात्रै चेत्ने देखिएको छ । हामीले ठूलो धनजनको क्षति व्यहो¥यौँ, अब त केही न केही चैत्नै पर्छ । विभागलाई साधन र स्रोतले सम्पन्न बनाउन मन्त्रालयले विशेष व्यवस्था गर्छ, हामीले गर्नैपर्छ’ मन्त्री पुनले भन्नुभयो । सुर्खेतमा मौसमको समग्र अवस्थाको बारेमा अध्ययन गर्न जडान गरिएको राडारलाई समेत छिट्टै प्रभावकारी रुपमा सञ्चालनमा ल्याइने उहाँको भनाइ थियो । यस्तै पाल्पा र उदयपुरमा राडार जडानका लागि ठेक्का प्रक्रिया शुरु भएको छ । ती स्थानमा समेत शीघ्र राडार जडान गरिने मन्त्री पुनको भनाइ थियो । उहाँले मन्त्रालयको बजेट नै रकमान्तर गरेर भए पनि विभागलाई सक्षम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
Leave a Reply