भर्खरै :

सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन जेठमा

काठमाडौँ, २६ चैत (रासस) : आगामी जेठमा काठमाडौँमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रस्तरीय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । आगामी जेठ २२ र २३ गते प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । मुलुकमा रहेका विभिन्न प्राकृतिक स्रोत र साधनहरुको उपयोग गर्दै विज्ञान तथा प्रविधिका माध्यमबाट मुलुकको समग्र विकासलाई अघि बढाउने उद्देश्यले सम्मेलन गर्न थालिएको आयोजक समितिका अध्यक्ष तथा त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख डा दीपक अर्यालले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा मुलुकको समृद्धिका लागि विज्ञान तथा प्रविधिको महत्व उजागर गर्दै जल, जमीन, जीवन र वातावरणका बारेमा अनुसन्धानमुलक छलफल गरिने छ । सम्मेलनमा युवा वैज्ञानिकले कृषि तथा वन, ऊर्जा तथा वातावरण, जलवायु परिवर्तन तथा प्राकृतिक सम्पदाको व्यवस्थापन, जलविज्ञान, प्राकृतिक विपत्ति, उद्योग तथा पर्यटन, विज्ञान तथा प्रविधि, प्राकृतिक सम्पदाको दीर्घकालीन व्यवस्थापन र नदी कटान क्षेत्रको व्यवस्थापनको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा सार्क देशका युवा वैज्ञानिक र विशषेज्ञसहित २०० जनाको सहभागिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *