भर्खरै :

हिमा मालिनीको चुनावी स्टन्ट

भारतमा आजबाट सुरु भएको लोकसभा निर्वाचनको लागि उत्तर प्रदेशको मथुरा क्षेत्रबाट भारतीय जनता पार्टीकी उम्मेदवार हुन्–बलिउडका चर्चित अभिनेत्री हिमा मालेनी । तर, चुनावप्रचारको क्रममा हिमा मालिनीले गरेका विविध गतिविधि भारतका सामाजिक सञ्जालमा हाँसोको विषय बनेका छन् । उमेरले ७० वर्षकी चलचित्र स्टार हिमाका सडक प्रदर्शन(रोड सो)देखि हातमा हँसिया बोकेर गहुँ काट्दै गरेको तस्वीरहरू सामाजिक सञ्जालमा हिट भएका छन् ।
सामाजिक सञ्जालमा हाँसो गर्ने मानिसलाई पुग्दो मसला दिंदै हालैका दिनमा किसानहरूसँगै बस्दै गरेको हिमामा तस्वीरहरू सार्वजनिक भए । एउटा तस्वीरमा उनी एउटा मर्सिडिज एसयुभी ट्रक्याटरको चालक बस्ने ठाउँमा बसेकी छिन् ।

उनको सो तस्वीरप्रति जम्मु कास्मिर राष्ट्रिय सम्मेलनका नेता ओमार अब्दुल्लाहले हिमा बसेको आसनको दुवैतिर राखिएका दुई वटा चिसो हावा फाल्ने जेनेटरलाई व्यङ्ग्य गर्दै भने,“ट्रयाक्टरका दुवै कुनामा रहेका दुई वटा ड्रम के हुन् ? कृपया मलाई ती चिसो हावा फाल्ने जेनेरेटर नभन्नुहोला । क्या गज्जबको सुविधासम्पन्न ट्र्याक्टर ।”

“म एक जना अभिनेत्री हुँ । म सेलिब्रिटी हुँ । मुम्बईमा मैले त्यस्तो वातावरण पाएको थिइनँ । तर, आज मैले गाउँ घरमा यो वातावरण पाइरहेको छु ।”

अर्को एउटा तस्वीरमा हिमा एकजना महिलासँग देखिएकी छिन् । महिलाले टाउकोमा दाउराको भारी बोकेकी छिन् । धेरै मानिसले महिलाको टाउकोमा रहेको दाउराको भारीलाई मोदीको ‘उज्याला योजना’ को असफलताको रुपमा चर्चा गरे । मोदी सरकारको सो योजनाअन्तर्गत सबै महिलालाई ग्यासको सिलिन्डर दिने वाचा गरेको थियो ।
तस्वीरमा हिमासँगै बसेकी दाउरा बोकेकी महिलाको अनुहारको उदासिनता भने हेर्न लायकको थियो । उनको अनुहारमा हिमा मालिनीसँग भेट्दाको कुनै उत्साह वा खुशी देखिन्न ।

अर्को रोचक घटना के हो भने एनडी टीभीको एक अन्तर्वार्तामा उनलाई सोधियो,“नायिका बन्नु र चुनावमा उम्मेदवार बन्नमा के कति भिन्नता महसुस गर्नुभयो ?”
उत्तरमा उनले भनिन्,“म एक जना अभिनेत्री हुँ । म सेलिब्रिटी हुँ । मुम्बईमा मैले त्यस्तो वातावरण पाएको थिइनँ । तर, आज मैले गाउँ घरमा यो वातावरण पाइरहेको छु ।”
अति सफल चलचित्र सोलेकी नायिक हिमाले माथुरामा अहिले सम्ममा कुनै पनि काम नगरेको सबैलाई थाहा छ । तर, चुनावको लागि उम्मेदवारी दर्तालगत्तै सीएनएन न्युज १८ टीभी च्यानलमा दिएको एक अन्तर्वार्तामा उनले भनिन्,“मैले मथुराको लागि धेरै गरेको छु । मैले गरेका सबै काम म अहिले सम्झन सक्दिनँ ।”

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले हिमा मालिनीले एउटा गाउँमा पानीको पम्प चलाइरहेको तस्वीरलाई लिएर पनि अनेक ठट्टा गरे ।
भारतीय चुनावमा यस्ता धेरै हाँस्यास्पद गतिविधिले चुनाव राजनीतिक घटनाका साथै धेरै मानिसको लागि मनोरञ्जन पनि बनिरहेको छ ।
स्क्रोल.आइएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *