भर्खरै :

आइएनजीओ देशलाई उपनिवेश बनाउँदै

भक्तपुर, ३ चैत । सांसद एवं ख्वप इञ्जनियरिङ कलेजको व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले राजनीति देश र जनताको सेवा गर्ने क्षेत्र भएको चर्चा गर्दै देशको सिमाना विदेशीले मिचेको र नेपाली भूमिभित्र पसेर विदेशीले नेपालीलाई गोली हानी हत्या गरेको विरोध गर्नु राजनीति नै हुने बताउनुभयो । 
ख्वप इञ्जिनियरिङ कलेजमा भूकम्पीय जोखिम न्यूनीकरण र शहरी संरचना विषयमा स्नात्तकोतर अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रममा सांसद सुवालले नेपालसँगै प्रजातन्त्र पुनःस्थापना भएको इथोपिया शिक्षामा अगाडि बढेको बताउनुभयो ।

उहाँले अमेरिका पत्ता लागेको बेला भक्तपुरका पुर्खा भार्वाचो गेट बनाइरहेको उल्लेख गर्दै गणितले नयाँ प्रविधि आविष्कार गर्न मद्दत पु¥याउने विचार राख्नुभयो ।

राजनीति गर्नु हुन्न भनेर विदेशीले नेपालमाथि थिचोमिचो गरेको विरोध नगर्नु आत्मघाती हुने उल्लेख गर्दै सांसद सुवालले प्राविधिक विषयमा स्नात्तकोतर उत्तीर्ण गरी अनुसन्धान र आविष्कारमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले अमेरिका पत्ता लागेको बेला भक्तपुरका पुर्खा भार्वाचो गेट बनाइरहेको उल्लेख गर्दै गणितले नयाँ प्रविधि आविष्कार गर्न मद्दत पु¥याउने विचार राख्नुभयो ।
सांसद सुवालले गणितमा अगाडि बढेको सोभियत सङ्घले पहिलो पल्ट भूउपग्रह उडाएको चर्चा गर्दै त्यसपछिमात्र अमेरिकाले सफलता पाएको उल्लेख गर्नुभयो ।
उहाँले एनजीओ र आईएनजीले समानान्तर अर्थतन्त्र चलाई देशलाई उपनिवेश बनाउने उल्लेख गर्दै नयाँ पुस्ता सदाचार पद्धतिमा लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
प्रा.डा. प्रेमनाथ मास्केले स्नात्तकोतर तहको अध्ययनले मानिसलाई प्रतिष्ठित बनाउने र अनुसन्धान गर्न धेरै मद्दत मिल्ने विचार राख्दै लगनशील भएर अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले योग्य र दक्ष इञ्जिनियर बन्न अध्ययन जोड दिनुपर्ने बताउनुभयो ।
ख्वप इञ्जिनियरिङ कलेजका प्रा.डा. मोहनमूर्ति पन्तले शहरी विकासको स्वरूप र संस्कृतिको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा आ. सुनयना कर्माचार्य र एमई अर्थक्वेकका डा. मञ्जिप शाक्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *