भर्खरै :

भिक्षु अश्वघोषको स्मृति सभा

भक्तपुर, २८ चैत । बौद्ध दर्शनका विद्वान सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको बिहीबार स्मृति सभा भयो ।
बौद्ध दर्शन अध्ययन समाजको आयोजनामा भएको स्मृतिसभामा वक्ताहरूले भिक्षु अश्वघोषका योगदानबारे चर्चा गर्नुभयो ।
सरल भाषामा स–साना पुस्तक प्रकाशन गरी बौद्ध दर्शनबारे सर्वसाधारण जनतालाई बुझाउन भिक्षु अश्वघोषले गर्नुभएको योगदानको सम्झना गर्दै वक्ताहरूले भिक्षुका सकारात्मक पक्षको अनुकरण गर्नुपर्नेबारे चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले बुद्धका विचारलाई दर्शनको रुपमा अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले माक्र्सवादी दर्शन र बौद्ध दर्शनबारे समानता भएको हुँदा माक्र्सवादी अध्ययनलाई बौद्ध दर्शनको अध्ययनसँग जोड्नुपर्ने विचार राख्नुभयो ।
बौद्ध दर्शनका अध्येता तथा लेखक रत्नसुन्दर शाक्यले देशका विभिन्न स्थानका सर्वसाधारण जनतासम्म बौद्ध दर्शन सरल भाषामा प्रचार गर्न भिक्षु अश्वघोषको योगदान अविस्मरणीय भएको बताउनुभयो ।
धर्म र नैतिकता नभए मानिसको जीवन रुखो हुने भन्दै शाक्यले आफैंले स–साना पुस्तकहरू प्रकाशन गर्ने भिक्षु अश्वघोषको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष बालमुकुन्द बासुकलाको सभापतित्वमा भएको स्मृतिसभामा काठमाडाँै टोखाका राजवीर डंगोल, कवि चन्द्रबहादुर उलक र न्हुछेरत्न बुद्धाचार्यलगायतले बोल्नुभएको थियो ।
भिक्षु अश्वघोषको गएको चैत २२ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *