तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २८ चैत । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा बिहीबार स्थानीय कमलविनायक चोकमा समसामयिक राजनीतिबारे कोण सभा सम्पन्न भयो ।
नेक्रायुसङ्घ भजिसका सचिव एचएस सुवालले जन्मको आधारमा नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने काम गैरकानुनी भएको चर्चा गर्दै ७० लाख युवालाई विदेशिन बाध्य तुल्याउने सरकारले देशलाई पराधिन बनाउने उद्देश्यले नागरिकता विधेयक पास गराउन खोजेको बताउनुभयो । देशलाई सिक्किमीकरण गर्न खोज्ने लैण्डुप डोर्जे चरित्रका भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीका दलालहरूविरुद्ध आन्दोलन अगाडि बढाउनुपर्ने खाँचो उहाँले औँल्याउनुभयो ।
नेक्राविसङ्घ भजिस सदस्य मिलन गणेजूले शासक दलहरूले भागवण्डा र स्वार्थको राजनीति गरेको कारण देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरू झन्झन् नाजुक स्थितिमा पुगेको बताउँदै कम्युनिष्ट नामको सरकारले शिक्षा, स्वास्थ्य निःशुल्क गर्नुपर्ने धारणा राख्नुभयो ।
नेक्रायुसङ्घ भनसका उपाध्यक्ष गोपालसुन्दर गोसाईले युवाहरूको समस्या समाधानका लागि समाजवादी गणतन्त्र अपरिहार्य रहेको बताउँदै देशको सार्वभौमिकता र भू–अखण्डता रक्षार्थ एकजुट भई लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
उक्त सभामा नेक्राविसङ्घ भनसका सचिव सविता त्वानाबासु र कोषाध्यक्ष प्रिया भट्टलगायतले बोल्नुभयो ।
Leave a Reply