भर्खरै :

स्ववियु निर्वाचन नियमित गर्नुपर्ने

भक्तपुर, २८ चैत । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको आयोजनामा बिहीबार विभिन्न राजनैतिक पार्टीका विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक त्रिवि सिनेट हलमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले विद्यार्थी आन्दोलनको उपलब्धिको रूपमा रहेको स्ववियुको निर्वाचन नियमित गर्नु आवश्यक रहेको बताउँदै निर्वाचनमा सहभागी हुनु र नहुनु सङ्गठनहरूको अधिकार भएकोमा जोड दिनुभयो ।
उहाँले निर्वाचन विद्यार्थीहरूलाई राजनैतिकरूपमा सचेत गराउने माध्यम भएकोले निर्वाचन नगराउनु प्रजातन्त्रविपरीत भएको स्पष्ट पार्नुभयो ।
आयोजक समितिका संयोजक शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रजिष्ट्रार एवम् सहसंयोजक डिल्लीराम उप्रेती, सदस्य सचिव गंगाबहादुर मगर, विभिन्न विद्यार्थी सङ्गठनका अध्यक्ष एवम् प्रतिनिधिलगायतले स्ववियु निर्वाचनबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *