३८ वर्षपछि पनि खोजिरहेको, खोजिरहने एउटा फाइल ‘भक्तपुर काण्ड’ !
- भाद्र २९, २०८३
चाओ रुनिन
सन् १९५९ मा दक्षिण पश्चिम चीनको तिब्बतमा सुरु भएको प्रजातान्त्रिक सुधारले त्यहाँका जनतालाई शिक्षाको अधिकार प्रदान ग¥यो । त्यही आधारमा आज त्यहाँ आधुनिक शिक्षा प्रणालीले जग लिएको छ । त्यत्तिबेलादेखि सामन्ती शिक्षादेखि समाजवादी शिक्षासम्म, कुलीन शिक्षादेखि जनताको शिक्षासम्म र परम्परागत शिक्षादेखि आधुनिक शिक्षासम्म व्यापक रुपान्तरण भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा तिब्बतको शिक्षा प्रणालीमा बितेका ६० वर्षभित्र परिमाणात्मक र गुणात्मक दुवै हिसाबमा विकास भएको छ । पुस्तौ पुस्ताका जनताको मिहिनेतको परिणामस्वरुप तिब्बत स्वायत्त क्षेत्रको शिक्षाको विकासमा पछिल्ला पाँचमा फड्को मारेको छ ।
अग्रगति
प्रजातान्त्रिक सुधारअघि तिब्बतको विद्यालय शिक्षा अविकसित अवस्थामा थियो । निकै कम सङ्ख्यामा स–साना विद्यालयहरू थिए र पढाइने विषयवस्तु पनि ज्यादै सीमित थियो । शिक्षामा गुम्बा र कुलीन परिवारको पूर्ण एकाधिकार थियो । तिब्बतका भूदाससम्म शिक्षाको पहुँच पुगेको थिएन ।
सुधारको आरम्भसँगै त्यहाँका सबै तहका प्रशासनिक एकाइमा तिब्बतको आफ्नो विशेषता सहितको समाजवादी शिक्षा प्रणाली पूर्वप्राथमिक कक्षादेखि प्राथमिक, माध्यमिक, उच्च माध्यमिक, माध्यमिक तहको व्यावसायिक शिक्षा, प्रौढ शिक्षाको विस्तार गरियो ।
सरकारले तिब्बतको शिक्षामा सुधार ल्याउन विभिन्न महत्वपूर्ण नीतिहरू कार्यान्वयनमा ल्यायो । पन्ध्र वर्षे निःशुल्क शिक्षा कार्यान्वयन गर्न तिब्बतले चीनभरिमै अग्रसरता लियो । पन्ध्र वर्षे शिक्षाअन्तर्गत शिशुकक्षादेखि उच्च माध्यमिक तहसम्मको शिक्षा पर्दछ । चीनका अरु भागमा ९ वर्षको निःशुल्क शिक्षा दिइने गरिन्छ । तिब्बतका अधिकांश ग्रामिण र चरन क्षेत्रमा आवासीय विद्यालय स्थापना गरियो । माध्यामिक र प्राथमिक विद्यालयका केही विद्यार्थीलाई खान, बस्न र शिक्षण शुल्कसमेत निःशुल्क गरियो । गाउँ र सहरका माध्यमिक र प्राथमिक विद्यालयहरूमा छात्रवृत्ति र विद्यार्थी अनुदान कोषको व्यवस्था गरियो ।
सरकारले सबै ठाउँमा अनिवार्य शिक्षा बिस्तार गर्ने र विद्यालय छोड्ने विद्यार्थीको दरमा नियन्त्रण गर्न लगातार प्रयास गरिरह्यो । गएको साल उच्च माध्यामिक विद्यालयमा भर्ना हुनेको प्रतिशत ८२.३ प्रतिशत थियो ।
उच्च शिक्षा प्रणाली तिब्बतको वास्तविक अवस्था र विशेषतामा आधारित वैज्ञानिक विषय तथा विस्तृत ज्ञानका क्षेत्रसँग सम्बन्धित छन् ।
सिपमूलक तालिमसँगै व्यावसायिक तथा प्रौढ शिक्षाले पनि गति लिइरहेको छ । तालिममा पुग्दो सहभागितापछि विद्यार्थीहरू राष्ट्रिय सीप परीक्षण प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् र उनीहरूले सन्तोषजनक परिणाम निकालेका छन् । तिब्बत अध्ययन, पठारको पर्या–पर्यावरण र परम्परागत तिब्बत औषधि विज्ञान चीनभरि र अझ संसारभरि नै चर्चित छ ।
तिब्बतमा शिक्षाको विकासको लागि चीनको केन्द्रीय सरकारले मनग्य बजेटको बन्दोबस्त गर्दै आएको छ । शिक्षामा सरकारको बढ्दो प्राथमिकता र लगानीसँगै विद्यालय र शैक्षिक निकायमा पूर्वाधार र शैक्षिक सामग्रीको अवस्थामा पनि सुधार भएको छ । अधिकांश विद्यालय भवन इँटा र काठले बनेका छन् । जीर्ण विद्यालय भवनका कंक्रिटको बलियो संरचनासहित पुनःनिर्माण गरिएका छन् । ती भवनमा कक्षाकोठा, प्रयोगशाला, छात्रावास, पुस्तकालय र अध्ययन कक्षाको पनि बन्दोबस्त गरिएको हुन्छ ।
सूचना प्रविधिको विकाससँगै तिब्बतमा पनि इन्टरनेटको माध्यमबाट शिक्षाको प्रचार भइरहेको छ । सूचना प्रविधिले परम्परागत शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गरेको छ । फलतः शैक्षिक अवस्थाका आधारमा पूर्वी र पश्चिम चीनबीचको दुरी क्रमशः साँघुरो बन्दै गएको छ ।
प्रयोग गर्दै र सिक्दै सबै तहका विद्यालयमा स्थानीय विद्यार्थीका आवश्यकताअनुसार शिक्षण पद्धतिको विकास गरिएको छ । पाठ्यक्रममा तिब्बती व्याकरण, वर्णविन्यासलगायत तिब्बती सांस्कृतिक सम्पदाका साथै आधुनिक प्राकृतिक तथा सामाजिक विज्ञानका विषयहरू जस्तै राजनीतिशास्त्र, इतिहास, भूगोल, रसायनशास्त्र, भौतिकशास्त्र, सङ्गीत, कला र शारीरिक शिक्षालाई एकाकार गरिएको छ ।
शिक्षणका विषयको विस्तारसँगै शिक्षकहरूले आफ्नो शिक्षण पद्धतिमा सुधार गरेका छन् । उनीहरूले विद्यार्थीका ज्ञानका क्षितिजको विकासमा प्रभावकारिता देखाइरहेका छन् ।
अनुभव
बितेका ६० वर्षमा तिब्बतले शिक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिलाई यसप्रकार बुँदागत चर्चा गर्न सकिन्छ ः
पहिलो, सबै तहका पार्टी समितिहरूले शिक्षालाई ठूलो महत्व दिएका छन् । उत्तरदायी प्रणालीको विकास गरियो । शिक्षाको विकासमा तल्लो तहका पार्टी सङ्गठनले महत्वपूर्ण भूमिका निभायो । सन् २०१८ को अन्त्यसम्ममा तिब्बतका शिक्षा क्षेत्रमा १ हजार ९ सय ७० प्राथमिक तहका पार्टी सङ्गठन गठन भए । जसअन्तर्गत ३५ हजार चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य सङ्गठित छन् ।
दोस्रो, जनजाति समूहसम्बन्धी चीनको केन्द्रीय सरकारको नीति तिब्बतको शिक्षा प्रणालीको आधारभूत पक्ष हो । तिब्बतको वस्तुगत परिस्थितिमा आधारित केन्द्रीय सरकारका नीति र कार्यक्रम सफल भएको इतिहासले देखाएको छ । सन् १९५१ मा तिब्बतको शान्तिपूर्ण मुक्ति भए पछिको प्रारम्भिक चरणमा विभिन्न जनजाति समूहका शिक्षकहरूले एकजुट भएर काम गरे । तिब्बती भाषामा शिक्षण गर्ने पद्धतिलाई प्राथमिकता दिइयो । सन् १९८७ मा तिब्बती स्वशासित क्षेत्रमा तिब्बती भाषाको विकास र प्रयोगको नीति कार्यान्वयनमा ल्याइयो । त्यो नीतिको प्रभावकारी कार्यान्वयनको लागि तिब्बती भाषाको विद्यालयमा अध्ययन र प्रयोग गराउन विशेष व्यवस्था गरियो । त्यसको लागि शैक्षिक लक्ष्य निर्धारण गर्नुका साथै पाठ्यपुस्तक, पाठ्यक्रम र शैक्षिक कार्यक्रमको विकास गरियो ।
तेस्रो, तिब्बतमा शैक्षिक गतिविधि त्यहाँको बस्तुगत अवस्थामा आधारित भएर अघि बढाइयो । विशेषतः विभिन्न जनजाति र स्थानीय विशेषतालाई अङ्गीकार गर्दै त्यस्ता गतिविधि अघि बढाइयो । तिब्बत छरिएर रहेको जनसङ्ख्या सहितको विशाल भूगोल हो । आर्थिक र सांस्कृतिक विकासको आधारमा विभिन्न क्षेत्रबीच असन्तुलन छ ।
त्यही वस्तुगत अवस्थाको आधारमा नीति तथा कार्यक्रमको विकास गरियो । उदाहरणको लागि कृषि तथा चरन क्षेत्र र ग्रामीण पहाडी क्षेत्रमा तिब्बती र मेनडरिन भाषाको दुईभाषिक शिक्षाको विकास गरियो । विद्यालयमा स्थानीय आवश्यकताअनुसार फरक फरक बन्दोबस्त गरियो । जस्तै कहीं पूरा दिन विद्यालय सञ्चालन गरियो, कहीं आधा दिन । कहीं मिश्रित कक्षा सञ्चालन गरियो भने कहीं अलग अलग कक्षा सञ्चालन गरियो ।
तिब्बतको शैक्षिक प्रणालीको प्रगति चीनका बाँकी क्षेत्रको सहयोग र समर्थनबिना सम्भव हुने थिएन । त्यस्ता सहयोग भौतिक वस्तु र पुँजीको रुपमा मात्र उपलब्ध भएका थिएनन् । शिक्षक र शैक्षिक प्रशासनिक जनशक्तिसमेत पठाएर व्यास्थापनको अनुभव आदानप्रदान र तालिमको बन्दोबस्त गर्न समेत देशका विभिन्न क्षेत्रको योगदान रहेको छ ।
राष्ट्रिय नीतिको हिस्साको रुपमा चीनका अन्य भूभागका विद्यालय, कलेज र विश्वविद्यालयमा तिब्बतका विद्यार्थीहरूलाई भर्ना लिइन्छ अथवा ती शैक्षिक निकायलाई सहयोग प्रदान गर्ने गरेका छन् । सन् १९८५ सेप्टेम्बरदेखि तिब्बतका ७० हजार विद्यार्थी चीनका विभिन्न भागमा विभिन्न माध्यामिक विद्यार्थीहरू भर्ना भए ।
(लेखक चीनको मिन्चु विश्वविद्यालयअन्तर्गत तिब्बत अध्ययन प्रतिष्ठानका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः बेइजिङ रिभ्यु
नेपाली अनुवादःसुमन
Leave a Reply